जापान जानु अघि बुझ्नुपर्ने कुरा

पछिल्लो दुई दशक यता जापानले हासिल गरेको विकास र सफलताले विश्व नै आश्चर्य चकित भएको छ । दोस्रो विश्वयुद्धमा थिलथिलो भएको जापान दुई दशकमै विश्वकै विकसित र संमृद्धशाली बन्न सफल हुनुमा सुचना र प्रविधिलाई नै मानिन्छ । पछिल्लो समय विश्वभरबाट जापानमा अध्ययन गर्ने विद्यार्थीको संख्या बढिरहँदा जापान गएर उच्च शिक्षा हासिल गर्ने, आफ्नो करियर सुरक्षित गर्ने नेपाली विद्यार्थीको संख्या पनी बढ्दो छ । लामो समयदेखि जापान जाने नेपाली विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएको विश्वासिलो नाम हो, शुभाङ्गी एजुकेशनल कन्सल्टेन्सी ।  

किन विद्यार्थी जापान प्रति आकर्षित भएका हुन्, जापानमा नेपाली विद्यार्थीले कसरी अध्ययन गर्न सक्छन् र करियर सुरक्षित गर्न सक्छन् लगायत विषयमा शुभाङ्गी एजुकेशनल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक किशोर तिवारीसँग गरिएको एजुकेशन टकको संक्षेपमा: 

 

null

व्यवहारीक शिक्षा दिने देशमा जापान पर्छ । उच्च शिक्षा हासिल गरेपछि सुरक्षित भविष्यको ढोका खुल्ने ठूलो सम्भावना भएकोले जापान अन्तराष्ट्रिय विद्यार्थीको लागि राम्रो गन्तव्य हो । त्यसमा नेपाली विद्यार्थीको लागि पनी अत्यन्त राम्रो छ । जापानमा विश्वस्तरीय कलेज, विश्वविद्यालय र भाषा विद्यालय छन् जसका कारण पछिल्ला दिनहरु विश्वभरका विद्यार्थीको शैक्षिक डेस्टिनेशन बन्दै गएको छ जापान । 

सुरुमा जो विद्यार्थी जापान जान्छन् उनीहरुले अध्ययन गर्ने भनेको जापानी भाषा नै हो । त्यसपछि विश्वविद्यालयमा अध्ययन गर्ने वा भोकेशनल स्कुल ज्वाइन गर्ने विद्यार्थीको शैक्षिक योग्यता र रुचिमा भर पर्छ । सामान्यतया जापानी विश्वविद्यालयमा अध्ययन गर्नकोलागी जापानी भाषा परीक्षाको एन २ तह उत्तिर्ण गरेको हुनुपर्छ । जापानमा आइटी, एकाउन्टीङ, कम्प्युटर इन्जिनियरिङ, फेसन डिजाइनिङ, होटलमेनेजमेण्ट जस्ता विषय अध्ययन गर्न सकिन्छ । विश्वविद्यालय तहमा कतिपय विषयहरु अंग्रेजी भाषामै पढाई हुने भएकोले त्यसमा पनी जान सकिन्छ । 

विश्वविद्यालय तहमा अध्ययन गर्न जापनीज भाषाको आवश्यक्ता नभए पनी ब्यवहारिक तवरले जुनसुकै तहका विद्यार्थीले भाषा जान्नु आवश्यक छ । जापानमा कार्यालय देखि बजार र घरमा समेत जापनीज भाषा मात्रै प्रयोग हुने हुनाले अंग्रेजी भाषाको जतिसुकै ज्ञान भएपछि ब्यवहारिक रुपमा काम लाग्दैन । जापानी भाषा नसिक्दा काम पाउन र काम गर्न पनि गाह्रो हुने भएकोले जापनीज भाषाको ज्ञान अपरिहार्य छ । 

बिदेशमा अध्ययन गर्न जाने धियार्थिहरुको शैक्षिक र आर्थिक स्तर उनीहरुको मेहनतले निर्धारण गर्दछ । मेहनती बिध्यार्थीहरुले राम्रै आर्थिक र शैक्षिक हैसियत बनाएका छन् । विद्यार्थीहरु अध्ययन लागि लागि गएका हुनाले भबिष्य हेरेर मेहनत गरेर पढ्ने हो भने अध्ययन पछी जापानमा प्रचुर संभावना छ उनीहरुको करिअर बिकासको लागि । 

जापानमा सरकारी निजी दुई तहका कलेज र विश्वविद्यालयमा एकेडेमिक योग्यता अनुसार स्कलरशिप पाउन सक्छन् । तर, सुरुमा भाषिक ज्ञान हासिल गर्न गएकाहरुले स्करलरशिप पाउने सम्भावना भने कमै छ । 

जापानमा विश्वकै उत्कृष्ट विश्वविद्यालय र कलेजहरु छन् । नेपाली विद्यार्थीलाई कस्ता कलेज र विश्वविद्यालय आवश्यक छन्, कस्ता कलेजमा भर्ना गर्दा ठिक हुन्छ बुझेर मात्र काम गर्छौं । जापानमा अष्टेलिया, अमेरिका, क्यानडा भन्दा सस्तो शुल्कमा गुणस्तरीय शिक्षा हासिल गर्न सकिन्छ । 

 

विद्यार्थीले जापानमा अध्ययन गर्दैगर्दा हप्ताका २८ घण्टा काम गर्न पाउँछन् । त्यहाँ रोजगारीका लागि विभिन्न कम्पनीहरु पनी खुलेका हुन्छन् । ती कम्पनीमा गएर विद्यार्थीले आफ्नो बायोडाटा दिएर सिप र योग्यता अनुसार काम खोज्न सक्छन् । विद्यार्थीले अध्ययन गर्दै गर्दा डिपार्टमेन्ट स्टोर, सुपरमार्केट, फास्टफुड क्याफे, ग्लोसरी, क्लिनिङ आदीमा पार्टटाइम काम पाउन सक्दछन । उच्च शिक्षा अध्ययन गरिसकेपछि भने विभिन्न मल्टीस्टार कम्पनीमा काम पाउने सम्भावना रहन्छ । 

आइटी गरेका विद्यार्थीलाई जापानमा धेरै स्कोप छ । जापानमा ठूल्ठूला आइटी कम्पनीहरु छन् । एनिमेसन कम्पनी, सफ्टवेयर डेभलपमेन्ट कम्पनी छन् । त्यहाँ काम पाउने अवसर हुन्छ । 

मुलतः नेपालबाट अधिकांश विद्यार्थी जापनीज भाषा अध्ययनका लागि जाने गर्दछन् । हामीबाट पनि भाषा सिक्न नै जाने हुन् । तथापि, बिगत केहि इन्टेक देखि हामीले आइटी कोर्षको लागि जापानमा अंग्रेजी मध्यममा पनि अध्ययनको लागि विद्यार्थी पठाउदै आएका छौ । जस्कोलागी एजुकेशन बाहेकका जुनसुकै बिषयमा ब्याचलर पास गरेका र अंग्रेजी भाषामा राम्रो दक्षता भएका विद्यार्थीहरुले अप्लाइ गर्न सक्दछन । 

हामीबाट अहिले सम्म सयौं विद्यार्थी जापान गएका छन् । हामी विशुद्ध जापानका लागि मात्र काम गर्छौं । भाषा सिक्न गएकाहरु विश्वविद्यालय तहसम्म अध्ययन गरेर उतै सेटल भएका छन्, कति जापानमा ज्ञान र सिप सिकेर स्वदेश फर्किएर स्थापित भएका छन् । 

 

एउटा विश्वविद्यालयले दिएको डिग्री अन्य ठाउँमा नचल्ने प्रश्नै हुँदैन । जापानमा हासिल गरेको डिग्रीको विश्वब्यापी मान्यता छ । तर, जापानिज भाषा पढेपछि अमेरिका, क्यानाडामा पढ्न जाँदा भने भाषिक समस्या आउँछ । जापानमा अंग्रेजीबाट पढ्नेहरुले संसारको जुनसुकै कुनामा गएर पनी आफ्नो भविष्य बनाउन सक्छन् । 

भाषा सिक्ने विषयमा जापानमा राम्रा स्कुलहरु पनी छन् नराम्रा पनी । ती भाषिक स्कुलका बारेमा पर्याप्त जानकारी लिनुपर्छ । जापान पठाउने भनेर कतिपय कन्सल्टेन्सीले विद्यार्थीलाई गलत इन्फरमेशन दिइरहेका हुन्छन् । आफुलाई परामर्श दिने कन्सल्टेन्सीको बारेमा झनै बुझ्नुपर्छ । कन्सल्टेन्सीको आधिकारिकता, विगतमा विद्यार्थी पठाएको नपठाएको, उसले कस्ता भाषा विद्यालय, कलेज र विश्वविद्यालयका लागि काम गरिरहेछ त्यो पनी बुझ्नु पर्छ । 

नेपालबाट जाने डकुमेन्टमा एकरुपता छैन, एकै ठाउँको डकुमेन्ट पनी फरक–फरक हुने भएकोले समस्याहरु देखिएका हुन् । सरकारी निकायबाट बनाएको डकुमेन्ट, स्कुल, कलेजको सर्टिफिकेटहरु फरक–फरक हुँदा ठूलो समस्या छ । स्कुलको डकुमेन्ट, ट्रान्सक्रिप्टमा एउटा नाम हुन्छ, क्यारेक्टर सर्टिफिकेटमा अर्को । यस्तै कारणले धेरै विद्यार्थीहरु रिजेक्ट भएका छन् । एउटा अक्षर पनि फरक हुनु हुँदैन । यसमा सामुहिक पहल गरेर एउटै मापदण्ड बनाएर काम गर्नुपर्छ जसका लागि सरकारले नै मुख्य ध्यान दिनुपर्ने देखिन्छ । 

दुतावासमा खासै समस्या पर्दैन । विद्यार्थीले जापनीज भाषाको छोटो अनुच्छेदहरु पढ्नु पर्छ जसको लागि जापानी भाषाको राम्रो ज्ञान हुनु जरुरी छ । जापानी वर्णमालालाई काना भनिन्छ जस्तै काताकाना, हिराकाना, खान्जी, यी काताकाना, हिराकाना, खान्जी मिस्रित वाक्यहरुलाई विद्यार्थीले पढ्न सक्ने हुनुपर्दछ । 

फाइनान्सियल डकुमेन्ट बनाउँदा पनि हामीले समस्या भोग्दै आएका छौं । नेपालीहरुको आय प्राय कृषीमा निर्भर हुन्छन्, नेपालीले परम्परा देखि गर्दै आएको खेती किसानीमा दर्ता पनि गर्नु नपर्ने राजश्व पनी तिर्नु नपर्ने नियम छ । यी कुराहरुले पछिल्लो समयमा समस्या निम्त्याएको छ । अघिल्लो इन्टेकमा टोकियोमा अप्लाइ गरेका धेरैजसो नेपाली विद्यार्थीहरुको ट्याक्स सर्टिफिकेट गलत भनेर फाल्दियो । हाम्रो डकुमेन्टमा एकरुपता नभर पनी यस्तो भएको हो । 

किनकी हामी विद्यार्थीलाई सही सूचना दिन्छौं । हामीले दिने परामर्श र सुचना हाम्रो लामो अनुभब र अध्ययनमा आधारित छ। लामो समय देखि अध्ययनका लागि विद्यार्थीहरुलाई परामर्श सेवा र डकुमेन्टेसनमा सहयोग गर्दै आएको हुनाले विद्यार्थीहरुलाई सहि परामर्श र सहि डकुमेन्टेसन सेवा दिनको लागी हामी सक्षम छौं । यो क्षेत्रमा भिजा ग्यारेन्टी दिने ठुलो ट्रेन्ड छ, तर हामी ग्यारेण्टी त दिँदैनौं तर, विद्यार्थीको भविष्यमाथी खेलवाड नहुने कुराको चैं ग्यारेन्टी गर्छौ। 

अधिकांश विद्यार्थीहरु साथीभाई, आफन्तको लहैलहैमा लागेर वा करकापमा परेर जापान जाने गरेका छन । आफ्नो घर परिवार छाडेर विदेशमा पढ्नु र श्रम गर्नु पक्कै सजिलो काम हैन, त्यसैले मानसिक रूपमा राम्रो तयारी गरेर र जापानी भाषामा दक्ष भएर जानुभयो भने पक्कै पनी जापान यहाँहरुको करिअर निर्माणको लागि सुन्दर गन्तब्य हुन सक्छ, जसको लागि यहाँहरुको सेवामा हामी हाजिर छौं । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *