न्यूजिल्याण्डकी प्रधानमन्त्रीले तिरिदिइन् पर्स बिर्सिइएकी महिलाको सपिङ बिल

 

चैत २२ । नेपालमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलाई आलोचना गर्ने क्रम बढीरहँदा अन्य देशका राष्ट्रपति, प्रधानमन्त्री भने पटक–पटक चर्चामा आउने गर्छन् । 

कोही जनतामाथि प्रेम दर्शाएका कारण चर्चामा आउँछन्, त कोही सहयोगका कारण । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्दा आर्डर्न पनि यो पटक चर्चामा आएकी छिन्, सहयोगकै कारण । 

null

प्रधानमन्त्री जसिन्दाले क्राइस्टचर्चको एक सुपरमार्केटमा सपिङमा आएकी एक महिलाको बिल तिरिदिएर सहयोग गरेकी छिन् । 

आफ्ना दुई सन्तानसहित सपिङमा आएकी उक्त महिलाले आफ्नो पर्स घरमै भुलेकी थिइन् । जब आफूलाई आवश्यक सामान कलेक्शन गरेर उनि बिल तिर्ने लाइनमा पुगिन्, तब उनलाई थाहा भयो आफ्नो साथमा पर्स नभएको । उनलाई तनावमा देखेपछि उनको पछाडि उभिएकी प्रधानमन्त्री जसिन्दाले उनको बिल तिरिदिइन् । 

न्यूजिल्याण्डको स्थानीय वेबसाइट स्टफ एलटीडीले महिलाकी साथी हेलेन बेर्नेसले यो घटनाबारे फेसबुकमा लेखेको बताएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *