आईपीएल: सन्दीपको टिम दिल्ली पराजित, हैदरावाद पाँच विकेटले विजयी

काठमाडौं, २२ चैत्र । इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गतको बिहीबारको खेलमा नेपाली बलर सन्दीप लामिछाने सहभागी टिम दिल्ली क्यापिटल पराजित भएको छ । टस हारेर ब्याटिङ गरेको दिल्लीले हैदरावादलाई १३० रनको चुनौती दिएको थियो । यो चुनौती हैदरवादले नौ बल बाँकी हुँदा पाँच विकेटको क्षतिमा भेट्टाएको हो ।आईपीएल १२ संस्करणमा हैदरावालको यो तेस्रो जित हो । 

 

यस खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ३२ रन दिँएर एक विकेट लिए । दिल्लीको घरेलु मैदान फिरोज कोट्लामा भएको खेलमा दिल्लीले दिएको मध्यम लक्ष्य हैदरावादले सहजै भेट्टाएको हो । हैदरावादको जितका लागि जोनी बेर्सस्टोले सर्वाधिक ४८ रन बनाए । उनले २८ बलमा ९ चौका र १ छक्का प्रहार गरेका थिए । 

null

हैदरावादविरुद्ध सन्दीपले ४ ओभर बलिङ गर्दै ३२ रन खर्चिएर १ विकेट लिए । दिल्लीका लागि कासिगो रबडा, अक्षर पट्टेल, राहुल टिबेट र इशान्त शर्माले पनि एक एक विकेट लिए । दिल्लीका लागि कप्तान श्रेयस एयरले सर्वाधिक ४३ रन जोडे भने अक्षर पटेलले नटआउट २३ रन बाए । 

क्रिस मोरिसले १७ रन जोडे भने शिखर धवन १२ रनमा आउट हुँदा पृथ्वी शाले ११ बनाए । सुरुवाती ब्याट्सम्यान सस्तैमा समेटिदा दिल्लीको ब्याटिङ खराब बनेको थियो । हैदरावादका लागि भुवनेश्वर कुमार, मोहमद नाबी र सिद्धार्थ कउलले दुई दुई विकेट लिए भने राशिद खान र सन्दीप शर्माले एकएक विकेट हात पारे । यो जितसँगै हैदरवादले ६ अंक जोडेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 6 =