दुई दिन पछि धकेलियो संसदीय सुनुवाई समितिको बैठक

 

चैत १७, काठमाडौँ । आज बस्ने भनिएको संसदीय सुनुवाई समितिको बैठक दुई दिनका लागि स्थगित गरिएको छ । 

समितिले आज प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेश थपलियाको सुनुवाई प्रक्रिया सुरु गर्ने तयारी गरेको थियो । तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज उपस्थित हुन नसक्ने भनेपछि बैठक दुई दिनका लागि स्थगित गरिएको हो । 

null

स्थगित गरिएको बैठक अब मंगलबार दिउँसो २ बजे बस्ने समितिले जानकारी दिएको छ । 

आइतबारको सुनुवाइ समितिको बैठकमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सदस्यहरुले परिषदको सिफारिसका विषयमा सभापति देउवासँग छलफल गर्नुपर्ने भएकाले बैठक १० दिन पछि सार्न माग गरेका थिए । तर आयोगमा सिफारिस व्यक्तिको ४५ दिनभित्र नियुक्त गर्नुपर्ने व्यवस्था भएका कारण मंगलबार बैठक बोलाइएको समिति सदस्य योगेश भट्टराईले बताए । 

समितिमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद जितेन्द्रनारायण देवले संवैधानिक परिषदले सिफारिस गरेका व्यक्तिप्रति कांग्रेसको असहमति नभएको तर प्रक्रियामा भने असहमति रहेको धारणा राखेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *