जब प्रियंका गान्धीले पत्रकारको जुत्ता समातिन

एजेन्सी । भारतीय काँग्रेसकी महासचिव प्रियंका गान्धीले केरल राज्यको वायनाडमा पत्रकार जुत्ता हातमा लिएको देखिएकी छिन् । प्रियंकाका दाइ राहुल गान्धीको उम्मेदवारी दर्ता गराउने उक्त कार्यक्रममा तीन पत्रकार लडेका थिए भने एक जना बेहोस नै भए । 

बेहोस भएका पत्रकारहरुलाई राहुल लगायतकाले एम्बुलेन्स लान मद्दत गरिरहेका थिए भने प्रियंकाले उक्त पत्रकारको जुत्ता हातमा लिएकी थिइन् । राहुलले आफ्नो उम्मेदवारी दर्ता  गराउन गएको उक्त कार्यक्रममा पत्रकारहरु ठुलो संख्यामा उक्त समाचार संकलन गर्न पुगेका थिए । पत्रकार बसेको स्थानमा सामान्य दुर्घटना हुँदा पत्रकारहरु घाइते भएका थिए ।यस्तो हुलको बिचमा राहुल र प्रियंकाको सहयोगी कामको भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । यसअघि पनि राहुल गान्धीले गत मार्च २७ को दिन एक घाइते पत्रकारलाई आफ्नै गाडीमा हाली अस्पताल पु¥याएका थिए । राहुल र प्रियंकाको यस कदमको धेरैले सराहना गरेका छन् भने केहिले चुनावअघि यि नेताहरुले यस्तो गर्नु सामान्य रहेको भनेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *