लागुऔषध सहित अधिकारी पक्राउ 

 

चैत्र १७, काठमाण्डौँ  । महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । राजधानीको मुख्य चेक प्वाईन्ट नागढुंगा स्थित चेक जाँचको क्रममा लागुऔषध सहित एक जनालाई पक्राउ गरेको हो । 

महानगरी प्रहरी वृत्त थानकोटका प्रहरी प्रमुख कुमार विक्रम थापाले भैरहवाबाट काठमाण्डौँ तर्फ आउँदै गरेको लु १ ख ९२४२ नम्बरको को यात्रु बाहक बस चेक जाँच गर्ने क्रममा जिल्ला झापा गौरीगञ्ज गाउँपालिका वडा नं. ३ घर हुुने वर्ष २४ को समिर अधिकारीलाई पक्राउ गरेको बताए । 

null

अधिकारीले झोला भित्र लुकाई छिपाई लिई आएको लागु औषध डाईजेपाम १४७ एम्पल, फेनारगन १४५ एम्पल र नुफिन १४६ एम्पल फेला परेको हो प्रहरी उपरीक्षक थापाले भने ” पक्राउ परेको अधिकारी विरुद्ध लागुऔषध २०३३ अर्न्तगत मुद्धा चलाईने थानकोट प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *