अधुरै रह्याे यू–१९ विश्वकप खेल्ने नेपालको सपना

बैशाख ५, काठमाडौं । यू–१९ विश्वकप खेल्ने नेपालको सपना अधुरै रहने भएको छ ।
यूएईले आफ्नो अन्तिम खेलमा ओमानलाई पराजित गरेसँगै नेपाल यू–१९ विश्वकपमा छनोट हुन असफल भएको छ।
null
जारी विश्वकपको एसिया छनोटबाट अपराजित रहँदै युएई १० अंकका साथ विश्वकपमा छनोट भएपछि नेपाल विश्वकपमा छनोट हुन असफल भएको हाे ।
६ टोली सहभागी प्रतियोगिताको अंक तालिकाको शीर्ष स्थानमा रहने टोली सन् २०२० मा दक्षिण अफ्रिकामा हुने विश्वकपमा छनोट हुने प्रावधान छ।
वर्षाले खेल बिथोलिएपछि दोस्रो खेलमा नेपाल डिएल म्याथडका आधारमा युएईसँग एक रनले पराजित भएको थियो। यूएई विरुद्धको खेलमा मौसमले साथ नदिँदा नेपालले हार व्यहोर्नु परेको हाे । उक्त पराजयपछि अंक तालिकामा नेपाल पछि परेको हो।
नेपाल आज कुवेतविरुद्ध खेलिरहेको छ । कुवेतले नेपाललाई १ सय ५८ रनको लक्ष्य दिएको छ । तर कुवेतविरुद्ध जित हासिल गरेपनि नेपाल विश्वकपमा पुग्ने छैन ।
अघिल्ला ४ खेल मध्ये ३ खेलमा नेपालले जित हात पारेको छ । पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रन र तेस्रो खेलमा मलेसियालाई ८ विकेटले हराएको थियो । यस्तै चौँथो खेलमा ओमानलाई १ सय ५० रनले पाखा लगाउँदै जित हात पारेको थियो । दोस्रो खेलमा भने नेपाल युएईसँग १ रनले पराजित भएको थियो ।








