भोजपुरमा ट्रयाक्टर दुर्घटना: एक जनाको मृत्यु

भोजपुर, ६ वैशाख । बिहीबार साँझ भोजपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको दक्षिणी हतुवागढी गाउँपालिका– ९, हसनपुर ज्यामिरेमा को २ त ८७१४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सोही ठाउँ निवासी ३७ वर्षीया शान्ति मगरको घटनास्थलमै मृत्यु भएको हो । 

 

प्रहरीले चालक मेघराज राईलाई नियन्त्रणमा लिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना भएको थियो । ट्रयाक्टर सडकबाट करिब ४० मिटर तल खसेको थियो । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *