आईपीएल: डी भिलियर्सले खेले ८२ रनको अर्धशतकीय इनिङ्स, बैंगलोर विजयी


एजेन्सी । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ । बुधबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई १७ रनले पराजित गरेसँगै बैंग्लोरले चौंथो जित निकालेको हो ।
एम चिन्नास्वामी स्टेडियममा बैंगलोरले दिएको २ सय ०३ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८५ रन मात्र बनाउन सक्यो । पन्जाबका लागि निकोलस पुरनले सर्वाधिक ४६ रन जोड्दा लोकेश राहुलले ४२ रन बनाए । मायांक अग्रवालले ३५, डेभिड मिल्नरले २४ तथा क्रिस गेलले २३ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २०२ रन बनाएको थियो ।
null
बैंगलोरका लागि एबी डी भिलियर्सले ८२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मार्कुस स्टोनिसले अविजित ४६ रन जोड्दा पार्थिव पटेलले ४३ रन बनाए । कप्तान विराट कोहली १३ रनमा आउट भए । यस्तै मोहमद शामी, रविचन्द्र आश्विन, मुरुगान आश्विन र हार्डुस भिल्जोइनले १/१ विकेट लिए । ११ खेल खेलेको बैंग्लोरले ७ खेलमा हार व्यहोरेको छ ।
