हावाहुरी सहित आएको वर्षा र चट्याङमा परी ४१ को मृत्यु

 

बैशाख ४, भारत । हावाहुरी, वर्षासँगै आएको चट्याङमा परी भारतमा ४१ जनाले ज्यान गुमाउनुको साथै ९० भन्दा बढी घाईते भएका छन् । 

भारतको गुजरात, राजस्थान, मध्यप्रदेश जस्ता क्षेत्रहरुमा आएको हावाहुरी सहित आएको वर्षा र चट्याङ परेर यी राज्यहरुमा मात्र ३४ जनाको मृत्यु भएको दैनिक भास्कर पत्रिकाको अनलाइन संस्करणले समाचार सम्प्रेशन गरेको छ । 

null

भारतीय मौषम पूर्वानुमान महाशाखाले जानकारी दिए अनुसार हावाहुरी अबको ३–४ दिन सम्म लगातार आउनेछ । बुधबार साँभ सम्म यस्तै अवस्था रहने र त्यसपछि भने मौसममा सुधार आउने त्यहाँका अधिकारीहरुले बताएका छन् । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हावाहुरीबाट ज्यान गुमाएका प्रति श्रद्धान्जली र घाइतेहरुमा शिघ्र स्वास्थ्य लाभको कामना गर्नुको साथै मृतकका परिवारलाई जनही रु. २ लाख र घाइतेका परिवारहरुलाई रु ५० हजार रुपैयाँ काे दरले राहत स्वरुप तत्काल उपलब्ध गराउने निर्णय समेत गरेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *