देउवामाथि खनिँदै सिटौलाले भने, ’आफ्नै पार्टी सम्हाल्न नसक्नेले कम्युनिष्टसँग लड्न सक्छ ?’

 

चैत २६, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौला पछिल्लो समय पार्टीप्रति असन्तुष्ट छन् । 

सरकारले संविधान क्षतविक्षत बनाउँदा पनि चुप लागेको भन्दै पार्टी नेतृत्वको आलोचना गर्दै आइरहेका नेता सिटौलाले मंगलबार काठमाडौं क्षेत्र नम्बर ६ मा कांग्रेसद्वारा आयोजित कार्यक्रममा पनि पार्टीमाथि असन्तुष्टि पोखे । 

null

सरकारको गतिविधिप्रति पार्टी आक्रामक नदेखिएको आरोप लगाउँदै उनले ‘वर्तमान सरकारले संविधानलाई क्षतिविक्षत बनाइरहेको छ । कांग्रेस किन बोल्दैन ? सभापति किन बोल्नुहुन्न ?’, भन्दै प्रश्न गरे । 

अहिले कांग्रेस आफैंभित्र लुछाचुँडीमा रहेको उनको भनाइ छ । सभापति देउवाले पार्टी सम्हाल्न नसकेको आरोप लगाउँदै उनले भने, ‘कांग्रेस अहिले आफैंभित्र लुछाचुँडीमा छ । आफ्नो विधानअनुसार पार्टी चलाउन सकिएको छैन । भातृ संगठन अवस्था विजोग छ, क्षतविक्षत छन् । आफ्नै पार्टीका कार्यकर्तासँग बोल्न नसक्नेले कम्युनिष्टसँग लड्न सक्छ ?’ 

केन्द्रीय कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले ६०–४० को भागबण्डा गरेर अगाडि बढ्न खोजेकोप्रति आपत्ति जनाउँदै उनले भागबण्डाको राजनीतिले पार्टीको हित नगर्ने बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *