रोटरीको उदाहरणीय कामः ५५ लाखमा बनायो सार्वजनिक शौचालय

चैत्र १९, चितवन । चितवनको वरण्डाभार जैविक मार्ग टिकौलीमा रोटरी क्लव अफ रत्ननरले सार्वजनिक शौचालय निर्माण गरेको छ । सन् २०११ मा शिलान्यास भएको सो शौचालयको निर्माण कार्य पुरा हुन ८ वर्ष लागेको छ ।  

सामाजिक क्षेत्रमा क्रियाशिल रोटरी क्लव अफ रत्ननगरले रोटरीयन र विभिन्न संघसंस्था तथा व्यक्तीहरुसँग सहयोग जुटाएर शौचालय निर्माण गरेको हो ।  

प्रत्येक वर्ष नेतृत्व परिवर्तन हुने हुँदा निर्माण कार्यमा ढिलाई भएको रोटरी क्लव अफ रत्ननगरका अध्यक्ष जनक पौडेलले जानकारी दिए । शौचालय निर्माण सम्पन्न हुँदा करिब ५५ लाख रुपैया खर्च भएको मंगलवार आयोजित पत्रकार सम्मेलनमा रोटरीका अध्यक्ष पौडेलले बताए । 

null

 

रोटरीयनहरुबाट २० लाख, रत्ननगर नगरपालिका, रत्ननगर उद्योग वाणिज्य संघ, साविक जिल्ला विकास समिति, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, युनिक वचत, टिकौली र पञ्चकन्या सामुदायिक वन लगायत संघसंस्था तथा व्यक्तीहरुबाट सहयोग जुटाएर शौचालय निर्माण गरिएको हो ।  

सो शौचालयमा एक पटकमा १४ जनाले शौच गर्न मिल्छ भने ४ जनाले नुहाउन सकिने रोटरी क्लव अफ रत्ननगरका निर्वाचित अध्यक्ष विपिन पोखरेलले बताए । सो शौचालय आउँदो चैत्र २४ गते टिकौली स्थित जैविक विविधता सुचना केन्द्रलाई हस्तान्तरण गरिनुका साथै चैत २३ गते वृहत रक्तदान कार्यक्रम राखिएको अध्यक्ष पोखरेलले जानकारी दिए ।  

 

रोटरी क्लवले रत्ननगर उद्योग वाणिज्य संघमा रोटरी लाईवे्ररी, कालिका ९ लटौलीमा माईक्रो फाईनान्स, रत्ननगर ७ मुसहर वस्तीमा १२ वटा घर निर्माण गरिसकेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *