आइपीएल: विराटले शतक प्रहार गरेपछि घरेलु मैदानमै कोलकत्ता पराजित

एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा ३५ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ । शुक्रबार कोलकत्तास्थित इडेन गार्डेन्समा भएको खेलमा बैंगलोरले कोलकत्ता नाइट राइडर्सलाई १० रनले पराजित गर्दै आइपील २०१९ मा दोस्रो जित निकालेको हो ।बैंगलोरले दिएको २ सय १४ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ५ विकेट गुमाएर २ सय ०३ रन मात्र बनाउन सक्यो । कोलकत्ताका लागि नितिस रानाले अविजित ६५ रन जोडेपनि टोलीलाई जितका लागि पर्याप्त भएन । यस्तै आन्द्रे रुसेलले ८५ रनको अर्धकतकीय पारी खेले ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो । बैंगलोरका लागि कप्तान विराट कोहलीले कोहलीले ५८ बलमा ९ चौका र ४ छक्का प्रहार गरेका थिए भने मोइन अलिले ६६ रन जोडेका थिए ।कोलकत्ताका कुलदिप यादव, आन्द्रे रसेल,ह्यारी गुर्नी र सुनिल नारिनले १/१ विकेट लिए । जितसगै बैंगलोरले ९ खेलबाट ४ अंक जोडेको छ । कोलकत्ताले ८ खेलमा ८ अंक जोडेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *