गृहमन्त्रीको पत्रका आधारमै नागरिकता वितरण हुनु गलतः डा. कोइराला

बैशाख ९, भक्तपुर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले गृहमन्त्रालयको पत्रको भरमा मात्र जथाभावी नागरिकता वितरण गर्नु गलत भएको बताएका छन् । 

 

हिजो भक्तपुरमा विसकेट जात्राको अवसरमार नेपाल आदिवासी जनजाति संघद्वारा आयोजित कार्यक्रममा बोल्दै नेता डा. कोइरालाले गृहमन्त्रीको पत्रको भरमा मात्रै नागरिकता वितरण हुनु देशको लागि दुर्भाग्य भएको टिप्पणी गरे । 

null

‘देशको सार्वभौम सत्ता र राष्ट्रियतामै असर पर्ने गरी गृहमन्त्रीको पत्रको भरमा जथाभावी नागरिकता वितरण गर्ने काम भयो । यो देशका लागि दुर्भाग्य हो ।’ उनले भने । 

डा. कोइरालाले नागरिकता वितरण सम्बन्धि कानुन बनाएर नागरिकता वितरण गर्नुपर्नेमा जोड दिए । उनले गृहमन्त्रीको पत्रलाई सर्वोच्च अदालतले समेत सदर गरेर न्यायालय प्रति शंका उत्पन्न गराएको समेत दावि गरे । 

‘न्यायालयले समेत गृहमन्त्रीको पत्रलाई सदर गर्दा हामीलाई न्यायालय प्रति नै शंका उत्पन्न भइरहेको छ ।’ उनले भने–‘नागरिकता वितरण सम्बन्धि कानुन बनाउन कसले रोकेको छ ? गृहमन्त्रीलाई कसले त्यस्तो अधिकार दियो ? प्रश्न गर्ने ठाउँ धेरै छन् ।’  

डा. कोइरालाले बर्तमान सरकारका सन्दर्भमा ओली सरकार नितीगत भ्रष्टाचार गर्न उद्यत रहेको आरोप लगाए । एनसेल प्रकरण, वाइडवडी, फोरजी सेवा लगायतमा सरकारले दोषिलाई कारवाही गर्नुको सट्टा संरक्षण गरेको डा. कोइरालाको जिकिर थियो । 

‘विश्वमा भ्रष्टाचारको आरोप लागेका पूर्वराष्ट्रपति देखि प्रधानमन्त्री सम्म जेल गएका छन् । यहाँ त सरकारबाटै संरक्षण भइरहेछ ।’ उनले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *