राजपाले शुक्रबार विरोध प्रर्दशन गर्ने, यस्ता छन् मागहरु

 

चैत २७, काठमाडौं । राष्ट्रिय जनता पार्टीले सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । विभिन्न मागहरु पूरा गराउने उद्देश्यले दबाबस्वरुप राजपाले देशभर प्रदर्शन गर्न लागको हो । 

मंगलबार र बुधबार बसेको पार्टीको अध्यक्ष मण्डलको बैठकले लाल आयोगको छानबिन प्रतिवेदन सार्वजनिक लगायतका माग राख्दै शुक्रबार सबै जिल्लामा विरोध प्रर्दशन गर्ने निर्णय गरको हो । 

null

यस्तै राजपाले संविधान संशोधनको माग पूरा गर्नुपर्ने, रेशम चौधरी लगायत आन्दोलनकारी राजबन्दीहरलाई तत्काल रिहा गर्नुपर्ने, आन्दोलनकारी माथिको मुद्दा फिर्ता गर्नुपर्ने, जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता प्रदान गर्न माग गरेको छ । 

त्यसैगरी लाखौं नेपाली नागरिकलाई राज्यविहीन बनाउने षडयन्त्र बन्द गर्नुपर्ने, भ्रष्टाचारी, कालोबजारी, महंगी, बेरोजगारी अन्त्य गर्न राजपाले सरकारसँग माग गरेको छ । 

राष्ट्रिय अखण्डता र एकतालाई कमजोर नपार्न, राज्य आतंक र लोकतन्त्र विरोधी गतिविधि बन्द गर्न माग गर्दै राजपाले शुक्रबार देशभर प्रदर्शन गर्न लागेको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *