नेपाल रेडक्रस सोसाइटीको ४८ औं महाधिवेशन धरानमा हुने

बैशाख ८, धरान । नेपाल रेडक्रस सोसाइटीको ४८ औं महाधिवेशन सुनसरीको धरानमा हुने तय भएको छ । रेडक्रस सोसाइटी सुनसरीको आयोजनामा ४८ औं महाधिवेशन हुने भएको हो । 

बैशाख २३ गतेदेखि २६ गतेसम्म धरानमा महाधिवेशन हुने छ । राष्ट्रिय महाधिवेशनलाई सम्पन्न गर्न रेडक्रसका सुनसरी सभापति उमेश थापाको संयोजकत्वमा महाधिवेशन मुल समारोह समिति र स्टेयरिङ समिति गठन गरिएको छ । 

 

null

महाधिवेशनकै लागी हिजो शनिबार मुल समिति र स्टेयरिङ समितिको पहिलो बैठक धरान १ स्थित रेडक्रस भवनमा बसेको थियो । महाधिवेशनमा ७७ वटै जिल्लाका प्रतिनिधि, केन्द्रीय समिति, लगायत गरी ४ सयको सहभागी हुने महाधिवेशन समिति संयोजक उमेश थापाले बताए । 

महाधिवेशनले अध्यक्ष, एक महिला र एक पुरुष उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्ष सहित ३० सदस्यीय कार्यसमिति चयन गर्नेछ । महाधिवेशन सफल बनाउन विभिन्न समितिहरु समेत गठन गरिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *