राप्तीमा बन्ने भयो जेपी पार्क

 

चैत २१ गते । नेपाल कम्युनिष्ट पार्टीका नेता स्वर्गिय जागृत प्रसाद भेटवाल (जेपी) को स्मृतीमा पार्क निर्माण हुने भएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा राप्ती नगरपालिका ६ मा जेपी पार्क निमार्ण गर्न लागिएको हो । 

निर्माण गर्न लागिएको पार्कको नेपाल कम्युनष्टि पाटीका वरिष्ठ नेता माधवकुमार नेपालले शिलान्यास गरे । ढुंग्रेखोला नजिक ६ कठ्ठा जग्गामा पार्क निर्माण गर्न लागिएको राप्ती नगरपालिका प्रमुख प्रभा वरालले जानकारी दिईन् । प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट पार्क निर्माण गर्न लागिएको प्रमुख बरालले बताईन् । राप्ती नगरपालिका कार्यपालिका सदस्य पुष्पा कुँवरका अनुसार पार्कमा भेटवालको शालिक,फुलवारी,वाल उद्यान रहने छ । राप्ती ६ वडा कार्यालयले गत वर्ष विनियोजन गरेको बजेटबाट विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको थियो । पार्क यसै वर्ष भित्र सम्पन्न गर्नु पर्नेछ । 

null

पहिलो चरणमा ३० लाखको काम हुने भएपनि थप हुदै जाने र आकर्षक पार्कको रुपमा विस्तार गरिने योजना रहेको कार्यपालिका सदस्य कुँवरले जानकारी दिईन् । पार्क निर्माणका लागि सन्त वहादुर चौधरीको अध्यक्षतामा निर्माण समिति गठन गरिएको छ ।  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *