नयाँ वर्षमा आन्तरीक पर्यटकले सौराहा खचाखच

चैत ३०,सौराहा । काठमाडौ कलंकीबाट नयाँ वर्ष मनाउन सौराहा घुम्न आएकी जानकी राईलाई शनिवार मध्यान्हतिर भेट्दा यता उता भौतारिएको जस्तो देखिन्थ्यो । 

नयाँ वर्षको अवसरमा विदा सदुपयोग गर्न उनी श्रीमानका साथ सौराहा आएकी थिईन् । वस्ने कोठा नपाउँदा उनी यता उता भौतारिएकी रहेछिन् । शनिवारै विहान सौराहा आएका राई परिवारलाई कोठा पाउन करिव २ घण्टा भौतारिनु पर्यो । 

 

null

काठमाडौबाट विहानै आएका हौ, मध्यान्ह सम्म पनि खाना खान पाईएको छैन जानकी राईले भनिन् – २ घण्टा भौतारिदा पनि कोठा पाईएन् । उनीहरुलाई कोठा उपलव्ध गराउन रेस्टुरेन्ट एण्ड बार एसोसियसन सौराहाका अध्यक्ष गोकर्ण गिरीले सहजीकरण गरिरहेका थिए । 

 

पहिलो पटक सौराहा आएका राईका परिवार आईतवार वेलुका काठमाडौ फर्कने योजनामा छन् । सौराहा यस्तो छ भनेर सुनेका थियौ जानकीले भनिन् – नयाँ वर्षमा विदाको सदुपयोग गर्न पहिलो पटक सौराहा आएका हौ । 

 

रेष्टुरेन्ट एण्ड बार एसोसियसन रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीका अनुसार नयाँ वर्षको अवसरमा शुक्रवारदेखीनै आन्तरीक तथा वाह्य पर्यटकको चाप रहेको छ । शुक्रवारदेखी आईतवार सम्मका लागि यहाँका होटल तथा रेस्टुरेन्टका सवै कोठाहरु बुकिङ भईसकेको गिरीले वताए । 

 

सौराहामा नेपाली नयाँ वर्षको अवसरमा आन्तरीक पर्यटक ७० प्रतिशत ,३० प्रतिशत वाह्य पर्यटक आएका छन् । रेवान सौराहाका अध्यक्ष गिरीको अनुभवमा गत वर्षको भन्दा यस वर्ष पर्यटकको चाप वढि छ । सौराहामा १ सय ३० वटा साना ठुला होटल तथा ६० भन्दा वढि रेस्टुरेन्ट रहेका छन् । 

क्षेत्रीय होटल संघ चितवन नेपालका अध्यक्ष सुमन घिमिरे नयाँ वर्षको अवसरमा यहाँका होटलहरु बुकिङ भएको वताउँछन् । घिमिरेका अनुसार दुई रात तीन दिनका लागि यहाँ पर्यटक आएका छन् । वन्यजन्तुमा आधारीत रहेकाले सौराहा विश्वमै प्रख्यात छ । सौराहा नेपालको तेश्रो पर्यटकीय गन्तव्य स्थल पनि हो । 

सौराहा आउने पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा जीफ सफारी,हात्ती सफारी गर्न पाउँछन् भने हात्ती प्रजनन केन्द्र,थारु समुदायको संस्कृति 

अवलोकन गर्न पाउनेछन् । 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *