सम्पदाहरुको पुनर्निर्माण अवलोकन गर्दै प्रधानमन्त्रीले भने, ‘नेपालीहरु देशप्रेमी छन्’

 

                                                                             तस्विरः रासस 

बैशाख १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणका काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । 

null

चार वर्ष अघि गएको विनाशकारी भूकम्पको स्मृतिमा काठमाडौंको वसन्तपुरमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । 

मुलुक भूकम्पीय जोखिम भएकाले त्यसको असर नहुने गरी भूकम्प प्रतिरोधि घर निर्माणका लागि सरकारले आवश्यक सबै खालको सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री ओलीले सर्वसाधारणलाई भूकम्पीय जोखिमबाट निराश नहुन आग्रह गरे । 

कार्यक्रममा उनले पूरानै शैलीबाट सम्पदाहरुको पुनर्निर्माण हुने स्पष्ट पार्दै विगतमा भन्दा अझ आर्कषक र आधुनिक ढंगले सम्पदाहरुको पुनर्निर्माणको कामलाई तीव्रता दिइएको पनि स्मरण गराए। 

भूकम्पले क्षतिग्रस्त बनाएका बसन्तुपर दरबार क्षेत्र लगायतका सम्पदाहरुको पुनर्निर्माणको अवस्था अवलोकन गर्न पुगेका प्रधानमन्त्रीले भूकम्पपछिको पुनर्निर्माण कार्यले नेपालीको बौद्धिकताको परिचय पनि फराकिलो बनाउँदै लगेको बताए ।  

नेपाल सांस्कृतिक सम्पदाका हिसाबले विश्वकै धनी भएको उल्लेख गर्दै यहाँका सम्पदालाई पनि नेपालीले हृदयदेखि नै प्रेम गर्ने बताए । ‘नेपालीहरु हृदयको गहिराइदेखि देशलाई माया गर्छन् । यो कुरा पुनर्निमाणको कामबाट प्रमाणित भएको छ ।’ 

पहिले–पहिले नेपालीको विरताको गुणगान मात्रै हुने गरे पनि अब नेपालीको विद्वताको पनि गुणगान हुनुपर्ने उनको भनाइ छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *