ओपोद्वारा मार्वेल्स एभेन्जर्स लिमिटेड ईडिशन सार्वजनिक

 

बैशाख १६, काठमाडौं । ओपोले मार्वेल्ससँगको सहकार्यमा को–ब्राण्डेड उत्पादनओपो एफ ११ प्रो मार्वेल्स एभेन्जर्स लिमिटेड एडिशन नेपाली बजारमा बिक्री आरम्भ गरेको छ । 

बिक्री आरम्भको सुरुवात कम्पनीले छानिएका प्रि–बुकर्सका साथमा एभेन्जर्स ईन्डगेमको स्क्रिनिङसँगै गरेको हो । ‘धेरै ठूलो यूवाजमातले प्रतिकात्मक तथा शक्तिशाली मार्वेल स्टुडियोका एभेन्जर्सलाई आदर्शित गर्ने गरेका छन् । यही कुरालाई विशेष ध्यानमा राखि यूवामार्वेल फ्यानहरुका लागि केही विशेष कोशेली दिने सोचका साथ हामीले मोर्वेल स्टुडियोज् एभेन्जर्सः ईण्डगेमसँग यो सहकार्य गरेका हौँ ।’ ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘मार्वेल्स एभेन्जर्सको बीरताबाट अभिप्रेरित हुँदै ओपो एफ ११ सिरिज पनि सेल्फी एक्स्पर्टको छवी भन्दामाथी उठ्दै परिस्कृत प्रयोग अनुभव र अहिले सम्मकै सर्वाधिक हिरोइक स्मार्टफोनका रुपमा कार्यगत पूर्णताका साथ पोट्रेट मास्टरमा परिणत भएको छ ।’ 

null

एफ ११ प्रो मार्वेल्स एभेन्जर्स लिमिटेड एडिशनको रंग, स्पेस ब्ल्यू ,चलचित्रएभेन्जर्सः ईण्डगेमबाट प्रेरित छ । फोनमा रहेको नीलो ब्याकग्राउण्ड आकर्षक हेक्सागोनल ढाँचाबाट छोपिएको छ र ब्याक कभरमा ओपोको सिग्नेचर ग्राडियण्ट ईफेक्ट दिइएको छ । परिवर्तनशिल तथा रहस्यमय ब्रम्हाण्ड झैँ विचको स्टिल ब्ल्यूबाट दुबै तर्फ मिडनाइट ब्ल्यूमा फोनमा प्रयोग भएका रंग फिनिश, फरक फरक प्रकाशमा नाटकिय रुपमा परिवर्तित हुन्छ । 

डिजाइन तथा लोगो 

गाढा रातो मार्वेल्स एभेन्जर्स लोगोले नीलो ब्याकग्राउण्डलाई छेक्दै आकर्षक रातो–नीलो रंगको प्रस्तुति मात्र नभइ फोनको दुबै तर्फ रहेका रातो स्विट्चलाई आकर्षक प्रस्तुति समेत दिन्छ । फोनको पछिल्लोतिर रहेको ठूलो कट लोगो र क्यामेरामाथि रहेको सानो पूर्ण लोगोले फोनलाई अझ आकर्षक र प्रिमियम लुक्स प्रदान गर्छ । 

वालपेपर 

फोनको अघिल्तिर कम्पनीले निकै आकर्षक पानोरामिक स्क्रिन उपलब्ध गराएको छ । फोनलाई अन गर्दा यसमा प्रस्तुतहुने वालपेपरमा रहेको चहकिलो मार्वेल्स एभेन्जर्स लोगोले सहजै जो–कसैलाई अकर्षित गर्छ । 

 

क्याप्टेन अमेरिका प्रेरित केस 

लिमिटेड ईडिशन अन्तर्गतका हरेक फोनमा क्याप्टेन अमेरिकामा आधारित केसको प्रयोग गरिएको छ । यो केसले हातमा बोक्दा सहजता मात्र नभइ फोनलाई अतिरिक्त सुरक्षा र टिकाउपन पनि प्रदान गर्छ । फोनको केन्द्रमा रहेको फिञ्गर रिंग क्याप्टेन अमेरिकाको प्रतिकात्मक शिल्डबाट अभिप्रेरित रहेको छ । हेर्दा सुन्दर देखिनुका साथै यसले प्रयोगकर्तालाई भिडियो हेर्दा सहजताका साथै हातबाट फोन झर्ने सम्भावना न्यूनिकरणमा समेत सघाउ पुर्याउँछ । 

प्याकेज बक्स 

एफ ११ प्रो मार्वेल्स एभेन्जर्स लिमिटेड ईडिशनको प्याकेजिङ पनि विशेष डिजाइन तथा क्राफ्टेड प्रिमियम ब्ल्याक कलरमा उपलब्ध गरिएको छ । कालो थर्मो प्रिण्टेड मार्वेल्स एभेन्जर्स लोगो निकै आकर्षक र प्रिमियम देखिन्छ । त्यसैगरी, हरेक बक्समा कलेक्टर्स तथा ईच्छुकका लागि स्ट्याम्प्ड कलेक्टर्स ब्याड्ज पनि उपलब्ध गरिएको छ । 

ओपो एफ ११ प्रो मार्वेल्स एभेन्जर्स लिमिटेड ईडिसन फोनको मूल्य रु. ४९ हजार ९ सय ९० निर्धारण गरिएको छ । फोनको उपलब्धता स्टक सिमित रहुन्जेल मात्रहुने कम्पनीले जानकारी दिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *