नेपाल बङ्गलादेश बैंकद्वारा रू. १० लाख रकम हस्तानतरण

चैत्र २६, काठमाडाैँ । नेपाल बङ्गलादेशले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अर्न्तगत टिच फर नेपाल Teach For Nepal (TFN) काठमाडौँलाई १० लाखकोे रकम हस्तानतरण गरेको छ ।
सोमबार बैंकका प्रतिनिधि, कनिष्ठ नायव महाप्रबन्धक सलोनिका सिंह र टिच फर नेपाल काठमार्डाेँ को तर्फबाट प्रमुख प्रमुख कार्यकारी अधिकृत शिशिर खनालद्वारा सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको थियो ।
सो रकम संस्थाले राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न विश्व विद्यालयहरुबाट स्नातक तह उत्तीर्ण नेपाली युवाहरुलाई २ वर्षको लागि स्वयम्सेवी शिक्षकको रुपमा अंग्रेजी, गणित र बिज्ञान बिषयहरु सार्वजनिक विद्यालयमा ग्रामिण समुदायका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नेछ । यसका साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ ।
null
बैंकले बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले उक्त नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्ग तथा तप्काका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने हाम्रो लक्ष्य रहेको जनाएको छ । साथै आफ्ना ग्राहक, ऋणी तथा सरोकारवालाहरुको हितलाई सर्वोपरि मान्दै आएको र बैंक सधै सामाजिक विकास प्रति सचेत र सजग रहेको पनि जनाएको थियो ।








