प्रिमियर लिग: साउथह्याम्पटनले खेल्यो बराबरी, बन्यो यस्तो रेकर्ड

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा रेलिगेशनबाट जोगिन संघर्षरत साउथह्याम्पटनले लिग अन्तर्गत मंगलबार राति भएको खेलमा वाट्फोर्डसँग बराबरी खेलेको छ । अवे मैदानमा भएको खेलमा साउथह्याम्पटनले १–१ को बराबरी खेलेको हो ।
खेलमा साउथह्याम्पटनले खेलको पहिलो मिनेट र वाट्फोर्डले अन्तिम मिनेटमा गोल गरेका हुन् । खेल सुरु भए लगत्तै साउथह्याम्पटनका लागि शेन लङ्गले गोल गरेका थिए । वाट्फोर्डका लागि ९० औँ मिनेटमा आन्द्रे ग्रेले बराबरी गोल फर्काएका हुन् ।
null
साउथह्याम्पटनका लागि शेनले खेल सुरु भएको ७.६९ सेकेण्डमा गोल गरेका हुन् । उनी प्रिमियर लिग फुटबलको इतिहासमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी बनेका छन् । ३२ वर्षका शेनले टोटनह्यामका डिफेन्डर लेड्ली किङ्गको कीर्तिमान भंग गरेका हुन् ।
किङ्गले १९ वर्षअघि अर्थात सन् २००० को डिसेम्बरमा ब्राडफोर्डविरुद्धको खेलमा ९.८२ सेकेण्डमा गोल गरेका थिए ।








