‘वर्तमान सरकारलाई आगामी चुनावबाटै काँग्रेसले प्रतिस्थापन गर्छ’

 

बैशाख ४, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी अधिवेशनको मुखमा आफ्नाविरुद्ध गलत प्रचारबाजी भएको बताएका छन् । 

पछिल्लो समय पार्टीभित्रै आलोचनाको शिकार बनेका सभापति देउवाले प्रेस युनियन कैलालीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । 

null

‘पार्टीका साथीहरु सरकारको अराजक गतिविधिविरुद्ध नलागि मेरो विरोध गर्दै हिँड्नुभएको छ । मेरोविरुद्धमा बोल्न छुट छ । पार्टीको सभापतिमा चुनाव लड्न पनि छुट सबैलाई छुट छ । तर मेरो आग्रह छ, मेरो विरोध गर्दै गर्दा पार्टीलाई क्षति हुने कुराको ख्याल राखिदिनु होला’, सभापति देउवाले भने । 

पार्टीभित्र छलफल नगरी एकपक्षीय ढङ्गले सरकार परिवर्तनको खेलमा लागेर पार्टीको साख गिराएको भन्दै काँग्रेसका प्रभावशाली नेताहरुले सभापति देउवाको पछिल्लो कार्यशैलीप्रति असन्तुष्ट छन् । 

पूर्वप्रधानमन्त्री समेत रहेका देउवालाई कांग्रेसको नेतृत्व गर्न नसकेको, सरकारकाे विराेध गरी प्रतिपक्षकाे भूमिका निर्वाह गर्न नसकेकाे पनि नेता कार्यकर्ताले आरोप लगाउँदै आएका छन् । 

यद्यपी सभापति देउवाले भने प्रभावकारी ढंगले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दाबी गरेका छन् । 

‘काँग्रेसले प्रतिपक्षी भूमिका राम्रोसँग निभाएको छ । हामीले प्रतिपक्षको भूमिकामा निभाउदा आगो लगाउने, रेलिङ भाँच्ने काम गरेको छैन। त्यो हामीबाट हुँदैन पनि,’ कार्यक्रममा देउवाले भने । 

वर्तमान सरकारलाई आगामी चुनावबाटै काँग्रेसले प्रतिस्थापन गर्ने सभापति देउवाको दाबी छ । 

पर्टीभित्रको गुटबन्दी अन्त्य गरेर विश्राम लिने भन्दै आगामी पार्टी महाधिवेशनले आन्तरिक गुटबन्दीको अन्त्य गर्ने सभापति देउवाले बताए । साथै उनले भ्रातृ संगठनलाई चाँडै चुस्तदुरुस्त बनाएर लैजाने पनि बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *