कांग्रेस केन्द्रिय कार्यालयमा नेविसंघका पूर्व अध्यक्ष र पदाधिकारीको भेला

 

चैत २२, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) लाई एकताबद्ध बनाउन आज पार्टीको केन्द्रिय कार्यालय सानेपामा नेविसंघका पूर्व अध्यक्ष र पदाधिकारी भेला भएका छन् । 

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतको नेतृत्वमा शुक्रबार पूर्व अध्यक्ष र पूर्व पदाधिकारीहरुको भेला भएको हो । 

null

भेलामा पार्टीका केन्द्रिय सदस्य एनपी साउद, नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षहरु महेन्द्र शर्मा, केशव सिङ लगायत करिब ७० जना पूर्व पदाधिकारीहरुको सहभागी थिए। 

आज भएको भेलाले नेपाल विद्यार्थी संघको नेतृत्वमा प्रतिपक्ष दलका ११ विद्यार्थी संगठनहरुको चैत्र २९ गते हुने सरकार विरुद्धको विरोधलाई भब्य बनाउन कार्यकर्ताहरुलाई आह्वान पनि गरेको छ । 

प्रतिपक्षी दलका ११ विद्यार्थी संगठनहरुले सरकार अधिनायकवादको बाटोमा गएको र सरकारले काम भन्दा ज्यादा काण्डहरु गर्दै गएकोले त्यसको भण्डाफोर २९ गते राष्ट्रिय सभागृह गरिने जानकारी दिइएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *