प्रिमियर लिग: न्युक्यासललाई पराजित गर्दै आर्सनल तेस्रो स्थानमा उक्लियो
२०७५ चैत १९ गते

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा जित निकाल्दै आर्सनल तेस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत घरेलु मैदानमा भएको खेलमा आर्सनलले न्युक्यासललाई २–० ले पराजित गरेको हो ।
आर्सनलको जितमा आरोन रामसी र एलेक्सान्ड्र लाकाजेट्टीले गोल गरे । आर्सनलले खेलको ३० औँ मिनेटमा रामसीको गोलबाट सुरुवाति अग्रता लिएको थियो । भने, ८३ औँ मिनेटमा लाकाजेट्टीले गोल गर्दै टिमलाई २–० को जित दिलाएका हुन् ।
null
जितपछि आर्सनलले टोटनह्याम र म्यानचेस्टर युनाइटेडलाई पछि पारेको छ । टोटनह्याम चौथा तथा युनाइटेड पाँचौँ स्थानमा छन् । तेस्रो स्थानमा रहेको आर्सनलको ३१ खेलबाट ६३ अंक भएको छ भने, टोटनह्याम र म्यानचेस्टर युनाइटेडको समान ६१ अंक छ ।
२०७५ चैत १९ गते
प्रतिक्रिया
सम्बन्धित








