दोस्रो पटक पनि नेपालले जित्यो उपाधि

बैशाख १५, काठमाडौं । थाइल्याण्डमा जारी एसीसी यू–१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
थाइल्याण्डको चियाङमाईमा आइतबार भएको फाइनल खेलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपालले प्रतियोगिताको उपाधि चुमेको हो ।
null
नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको मलेसियाले ३४ ओभर ५ बललमा अलआउट हुँदै ८१ रन मात्रै बनाउन सक्यो ।
मलेसियाको लागि वान महमद अजमले सर्वाधिक १६ रन बनाए । यस्तै महमद हाजिक आइमनले १८, जितेन्द्र मुरालेले १४ रन बनाए ।
नेपालका बिशाल कुमार पटेलले ४ विकेट लिए भने दीपक बोहोराले ३ विकेट लिए । यस्तै निखिल कुमार सिंह र कृश कार्कीले समान १-१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ३५ ओभर खेल्दै ९ विकेट गुमाएर १४० रन बनाएको थियो ।
नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४० रन, दिपक बोहोराले २३, कप्तान बिशाल बिक्रम केसीले १७ रन र निखिल कुमार सिंहले १३ रन जोडेका थिए ।
मलेसियाका लागि सचिनु हित्तेजले ३ तथा जिनेन्द्र मुरालेले २ विकेट लिए ।
मलेसिया, थाइल्याण्ड, म्यानमार, सिंगापुर, हङकङ, चीन र भुटानको सहभागिता रहेको आज सम्पन्न प्रतियोगितामा हात पारेसँगै नेपाल लगातार दोस्रो पटक उपाधि उचाल्न सफल भएको छ । गत संस्करणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।








