यूनाइटेड सिमेन्ट्सले प्राप्त गर्यो ISO 9001:2015 / ISO 14001:2015 प्रमाणपत्र

 

बैशाख ३, काठमाडौं । के.एल. दुगड ग्रुप अन्तर्गतको यूनाइटेड सिमेन्ट्सले आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ । यूनाइटेड सिमेन्टस आइएसओ ९००१ः२०१५ बाट सुसोभित भएको हो ।  

International Certification Services Pvt. Ltd. (ICS) बाट ISO 9001:2015 (Quality Management System) तथा क्ष्क्इISO 14001:2015 (Environmental Management System) को प्रमाणपत्र द्वारा सु–सज्जित भएको कम्पनीले जनाएको छ । 

null

अन्तराष्ट्रिय मापदण्ड अनुसार गुणस्तरीय क्लिङ्कर तथा सिमेन्ट उत्पादन गर्ने प्रक्रिया पूर्ण रुपले उत्कृष्ट भएको र सो उत्पादन प्रक्रिया वातावरणमैत्री भएको तथा वातावरणको व्यवस्थापन प्रक्रिया उत्तम रहेको अर्थमा सो प्रमाणपत्रहरु उद्योग लाई प्रदान गरिएको छ । 

बेजोड गुणस्तरको क्लिङ्कर तथा सिमेन्ट उत्पादन गर्दै आइरहेको यूनाइटेड सिमेन्ट्सको आफ्नै चुनढुङ्गा खानी ललितपूरको लेलेमा अवस्थित छ भने फ्याक्ट्री नौबिसेमा छ । 

यूनाइटेड सिमेन्ट्सले विश्वस्तरीय प्रविधि र प्रक्रिया अपनाई सिमेन्ट तथा क्लिङ्कर उत्पादन गर्दै आएकोमा विश्वस्तरीय मापदण्ड पनि पूरा गरि गुणस्तरीय प्रक्रियामा उत्तम तालमेल रहेको उद्योगले जनाएको छ । 

उच्च गुणस्तरको सिमेन्ट बिक्री वितरण गर्दै आएको यूनाइटेड सिमेन्ट्स आºनो गुणस्तरको कारण जनमानसमा लोकप्रिय बनेको दावि गरिएको छ । जसलाई उद्योगले हरदम कायम राख्ने प्रतिबद्धता जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *