ब्रेक्जिट सङ्कटका विषयमा सरकार र विपक्षीबीच वार्ता हुँदै

 

चैत २१, लण्डन । युरोपेली यूनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) सङ्कटका विषयमा सरकार र विपक्षीबीच बिहीबार पुनः वार्ता हुने भएको छ । 

युरोपेली यूनियन (इयू) बाट बेलायत बाहिरिने विषयमा थप समय माग्ने प्रस्ताव संसदको तल्लो सदनमा भएको मतदानमा पारित भएपछि सो वार्ता हुन लागेको हो । 

null

आगामी अप्रिल १२ बाट सम्झौताबिना नै ब्रिटेनको बहिर्गमन रोक्नका लागि सांसदहरूले यस्तो मत दिएका हुन् । 

ब्रेक्जिटको सङ्कट अन्त्यको लागि भन्दै बेलायती प्रधानमन्त्री थेरेसा मेले विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनसँग गर्नु भएको भेटवार्तापछि उक्त मतदान भएको थियो । ब्रेक्जिटको विषयमा थाकेका जनतालाई निर्णय चाहिएको मेले बताएका छन् । 

विपक्षी र सरकारबीच बिहीबार दिनभरी आकस्मिक छलफलको लागि सबैलाई बोलाइएको छ । ब्रेक्जिटको वैकल्पिक प्रस्तावमा सहमति जुटाउन ब्रिटिस संसद् असफल भएको र ब्रिटिस प्रधानमन्त्रीको प्रस्ताव संसद्द्वारा तेस्रो पल्ट अस्वीकृत भएको थियो । 

ब्रेक्जिटको समयसीमा लम्ब्याउने विषयमा भएको मतदानमा पक्षमा ३१३ र विपक्षमा ३१२ मत परेको थियो । एक मतको अन्तरमा मात्र सो प्रस्ताव तल्लो सदनबाट पारित भएको थियो । अब यो विधेयक माथिल्लो सदनबाट बिहीबार पारित भएपछि अन्तिम अनुमोदन हुनेछ । इयूले यसका लागि स्वीकृति दिन्छ वा दिँदैन भन्ने चासो समेत उत्तिकै रहेको छ । 

मतदानअघि कोर्बिनसँग भएको मेको वार्तालाई प्रधानमन्त्री कार्यालयले रचनात्मक भन्दै त्यसमा दुवै पक्षले प्रतिबद्धता र लचकता देखाएको बताएको थियो । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *