यामाहाको उपहार योजनामा सिंह र थारुलाई सुनको सिक्का

चैत १७, चितवन । नयाँ वर्ष २०७६ को अवसरमा यामाहा मोटरसाईकलले ल्याएको उपहार योजना अन्र्तगत चितवन खैरहनीकी दुर्गा कुमारी सिंहलाई सुनको सिक्का परेको छ । खैरहनी ८ पर्सा स्थित कालिका मोटरसाईकल पार्टसबाट स्कुटर खरिद गरेकी सिंहलाई ५ ग्रामको सुनको सिक्का उपहार परेको हो । सिंहले चैत १३ गते रे जेड आर स्ट्रिट र्याली स्कुटर खरिद गरेकी थिईन् ।  

चैत ३ गतेदेखी लागु भएको उपहार योजना अन्र्तगत मोटरसाईकल र स्कुटर खरिद गर्ने मध्ये सिंहलाई सुनको सिक्का परेको कालिका मोटरसाईकल पार्टसका प्रवन्ध निर्देशक उत्तम अधिकारीले जानकारी दिए । पूर्वी चितवन पत्रकार मंचका सचिव ध्रुवराज खनालले आईतवार लक्की ड्र गर्दा सिंहको कार्ड परेको थियो । 

 

null

कालिका मोटरसाईकल पार्टसको परिसरमा आयोजित लक्की ड्र मा परेको कार्ड खनालले सिंहलाई हस्तान्तरण गरेका थिए । यामाहाले प्रत्येक वर्ष नयाँ वर्षको अवसरमा विभिन्न किसीमका अफर ल्याउदै आएको छ । नयाँ वर्षको अवसरमा आयोजित उपहार योजना वैशाख महिनाभरी सञ्चालन हुने कालिका मोटरसाईकल पार्टसका प्रवन्ध निर्देशक अधिकारीले वताए । 

यसैगरी ह्याप्पी न्यु यामाहा अफर योजना अनुसार टीकापुरस्थित जानकी ट्रेडस एण्ड सप्पलायर्सले साप्ताहिक लक्की ड्र को नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार मुनुवा–९ का वीरवहादुर थारुले सुनको सिक्का जितेको जानकी ट्रेड एण्ड सप्लायर्सका हेमन्त रावलले जानकारी दिए । साप्ताहिक लकी ड्र मा १७ जना सहभागी रहेका थिए ।  

यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रा.लि. ले नयाँ बर्ष २०७६ लाई लक्षित गरी ह््याप्पी न्यू यामाहा अफर योजना ल्याएको छ । यो योजनामा यामाहाका सात सय जना ग्राहकले सुनको सिक्का जित्ने मौका पाउने छन् । साथै हरेक खरिदमा ग्राहकले एउटा स्क्र्याच कार्ड पाउनेछन् । जसमा एक लाख रुपैयाँसम्म नगद छुट पाउने जनाईएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *