अमेरिकी गृह सुरक्षा सचिव निएल्सनले दिइन् राजीनामा


चैत २५, वासिंटन डिसी । अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टजेन निएल्सनले राजीनामा दिएकी छिन्। राष्ट्रपति डेनाल्ड ट्रम्पको विवादास्पद सीमा नीतिको केही हदसम्म लागू गराउन तत्परता देखाएकी निएल्सनले राजीनामा दिएकी हुन्।
उनले राजीनामा सुरक्षा विभागमा रहेर काम गर्नु आफ्ना लागि जीवन भरको सम्मान भएको बताएकी छिन्।
null
राष्ट्रपतिले कस्र्टजेन नीलसनलाई उनको सेवाको लागि धन्यवाद दिए तर यसको बदलावको कारणबारे केही बोलेनन् । यो निर्णय तब लिइएको छ, जब अमेरिकामा दक्षिणी सीमाबाट आउने प्रवासीलाई रोक्नका लागि अस्पताल लिएर कस्र्टजेनप्रति असन्तुष्ट थिए ।
डोनाल्ड ट्रम्पले बताएका छन् कि, हाल उक्त विभागको जिम्मेवारी कस्टम एण्ड वार्डर कमिश्नर केविन मैकअलीनले सम्हाल्ने छन् ।
ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल बनाउने र आप्रवासी परिवारलाई विभाजन गर्ने प्रस्ताव ल्याउनुमा निएल्सनको मुख्य भूमिका मानिन्छ ।
उनले राजीनामा पत्रमा राजीनामा दिनुको कारण भने उल्लेख गरेकी छैनन्। ‘मेरा लगि आफ्ने पदबाट हट्नु यो उत्तम समय हो ।’ एजेन्सी
