च्याम्पियन्स लिग: टोटनह्याम म्यान्चेष्टर सिटीसंग पराजित भए पनि सेमिफाईनलमा प्रवेश

एजेन्सी । म्यान्चेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । बिहीबार बिहान सम्पन्न क्वार्टरफाईनलको दोस्रो लेगमा टोटनह्याम म्यान्चेष्टर सिटीसंग पराजित भए पनि अवे गोलका आधारमा अन्तिम ४ मा स्थान पक्का गरेको हो ।
सिटीको घरेलु मैदान ईतिहाद स्टेडियममा भएको खेलमा सिटी ४–३ ले विजयी भए पनि समग्रमा ४–४ को नतिजा सहित अवे गोलका आधारमा टोटनह्याम सेमिफाईनलमा प्रवेश गरेको हो । घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा टोटनह्याम १–० गोल अन्तरले विजयी भएको थियो ।
null
अत्यन्त प्रतिस्पर्धात्मक खेलको सुरुवाती २१ मिनेटभित्र दुवै टोलीबाट पाँच गोल भएको थियो । रहिम स्टर्लिङले खेलको चौथो मिनेटमा घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । टोटनह्यामका सन ह्युङ मिनले सातौं मिनेटमा खेल बराबरीमा ल्याएका थिए । त्यसको तीन मिनेटपछि सनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनह्यामलाई २–१ को अग्रता दिलाएका थिए ।
त्यस्तै खेलको ११ औं मिनेटमा बर्नार्डो शिल्भाले सिटीका लागि बराबरी गोल फर्काए । ५९ औं मिनेटमा सर्जियो अग्युरोले गोल गर्दै सिटीलाई ४–२ को स्थितिमा पुर्याएका थिए । तर फर्नान्डो लाउरेन्टले ७३ औ मिनेटमा गोल गर्दै टोटनह्यामलाई पुनः खेलमा फर्काएका थिए ।








