कांग्रेसका प्रतिनिधि को कहाँ खटिए ?

काठमाडौँ, ९ वैशाख । कांग्रेसले लोकतन्त्र दिवसका दिन पारेर वैशाख ११ देखि सुरु गर्न लागेको जागरण अभियानका लागि ७७ जिल्लाकै लागि केन्द्रीय प्रतिनिधि खटाएको छ । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहित केन्द्रीय पदाधिकारीहरु भने सात प्रदेशमा हुने कार्यक्रमका लागि प्रमुख अतिथिका रुपमा खटिएका छन् । 

कांग्रेस सभापति देउवा प्रदेश नम्बर ३, वरिष्ठ नेता पौडेल प्रदेश नम्बर २, उपसभापति विजयकुमार गच्छदार प्रदेश नम्बर १, सुदूरपश्चिम प्रदेशमा उपसभापति विमलेन्द्र निधि, गण्डकी प्रदेशमा महामन्त्री पूर्णबहादुर खड्का, प्रदेश नम्बर ५ मा महामन्त्री सशांक कोइराला र कर्णाली प्रदेशमा कोषाध्यक्ष सीतादेवी यादव खटिएका छन् । 

शीर्ष नेताहरु यी प्रदेशभित्र आयोजना हुने कार्यक्रममा प्रमुख अतिथीको रुपमा सहभागि बन्नेछन । खटाईएका अधिकांश सदस्यहरु जिल्ला जाने क्रम सुरु गरेका छन । बैशाख ११ गते एकैदिन ७७ जिल्लाबाटै अभियानको उद्घाटन गरिने भएको छ । पार्टी सुदृढीकरण र सरकारका गलत कामकारवाहीका बिरुद्ध कांग्रेसले एक महिना सम्म जिल्लाव्यापी अभियान चलाउने भएको हो । 

null

जिल्ला केन्दि्रत यो अभियानपछि कांग्रेसले भाद्र २४ गतेबाट वीपी जयन्तीका अवसर पारेर ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा कार्यक्रम गर्नेछन् । तेस्रो चरणमा ७ सय ५३ पालिकामा मेलमिलाप दिवस पारेर पुस १६ गतेबाट अभियान सुरु हुनेछ । 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले पार्टीका संगठन सुधार, सदृढीकरणका अतिरिक्त पार्टीका सदस्यतालाई व्यापक वितरण गर्ने लक्ष्य अभियानको रहेको बताए । भ्रष्टाचार, मूल्यवृद्धि, हत्या हिंशा र बलात्कारका घटनालाई समेत कांग्रेसले उठाउने भएको छ । 

को कहाँ खटिए ?प्रदेश नं. १ का १४ जिल्ला१. ताप्लेजुङ – सरिता प्रसाई२. पाँचथर – लक्ष्मी परियार३. इलाम – अमृत अर्याल४. संखुवा – सभासिता गुरुङ५. तेह्रथुम – हसन अन्सारी६. धनकुटा – डा. नारायण खड्का७. भोजपुर – रामहरि खतिवडा८. खोटाङ – उदयशम्शेर राणा९. सोलुखुम्बु – लक्ष्मी राई१०. ओखलढुंगा – मिनाक्षी झा११. उदयपुर – प्रदीप गिरी१२. झापा – ज्ञानेन्द्रबहादुर कार्की१३. मोरङ – कृष्णप्रसाद सिटौला१४. सुनसरी – महेश आचार्य 

प्रदेश नं. २ का ८ जिल्ला१५. सप्तरी – आनन्दप्रसाद ढुंगाना१६. सिरहा – महेन्द्र यादव१७. धनुषा – बलबहादुर के.सी.१८. महोत्तरी – चित्रलेखा यादव१९. सर्लाही – महालक्ष्मी उपाध्याय ‘डिना’२०. रौतहट – रमेश रिजाल२१. बारा – प्रकाशमान सिंह२२. पर्सा – फरमूल्लाह मन्सुर 

प्रदेश नं. ३ का १३ जिल्ला२३. दोलखा – रामकृष्ण यादव२४. रामेछाप – किरण यादव२५. सिन्धुली – डा. रामशरण महत२६. काभ्रेपलाञ्चोक – डा. शेखर कोइराला२७. सिन्धुपाल्चोक – अम्बिका बस्नेत२८. रसुवा – जीवन परियार२९. नुवाकोट – मीन विश्वकर्मा३०. धादिङ – प्रदीप पौडेल३१. चितवन – रमेश लेखक३२. मकवानपुर – अर्जुननरसिंह के.सी.३३. भक्तपुर – डा. मिनेन्द्र रिजाल३४. ललितपुर – सुरेन्द्रराज पाण्डे३५. काठमाडौं – बालकृष्ण खााण 

गण्डकी प्रदेशका ११ जिल्ला३६. गोरखा – ध्यानगोविन्द रञ्जित३७. लम्जुङ – कमला पन्त३८. तनहुँ – नविन्द्रराज जोशी३९. कास्की – अर्जुनप्रसाद जोशी४०. मनाङ – कृष्णचन्द्र नेपाली४१. मुस्ताङ – बहादुरसिंह (लामा) तामाङ४२. पर्वत – चिनकाजी श्रेष्ठ४३. स्याङ्जा – गोविन्द भट्टराई४४. म्याग्दी – शुक्रराज शर्मा४५. बाग्लुङ – शंकर भण्डारी 

प्रदेश नं. ५ का १२ जिल्ला४६. नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) – राधेचन्द्र यादव४७. रुपन्देही – पुष्पा भुसाल४८. कपिलवस्तु – हरिप्रसाद नेपाल४९. पाल्पा – बालकृष्ण पाण्डे५०. अर्घाखाँची – दिपकुमार उपाध्याय५१. गुल्मी – अजयकुमार चौरसिया५२. रूकुम (पूर्वी भाग) – रत्न शेरचन५३. रोल्पा – मानबहादुर विश्वकर्मा५४. प्यूठान – शिवराज जोशी (सुर्खेत)५५. दाङ – मोहनबहादुर बस्नेत५६. बाँके – श्यामकुमार घिमिरे५७. बर्दिया – डा. डिला संग्रौला 

कर्णाली प्रदेशका १० जिल्ला५८. रूकुम (पश्चिम भाग) – राजनप्रसाद पन्त५९. सल्यानपार्वता – डी.सी. चौधरी६०. डोल्पा – कुमार खड्का६१. जुम्ला – रमा पौडेल६२. मुगु – दिनवन्धु श्रेष्ठ६३. हुम्ला – हृदयराम थानी६४. कालिकोट – डा. चन्द्र भण्डारी६५. जाजरकोट – ध्रुव वाग्ले६६. दैलेख – दिलबहादुर घर्ती६७. सुर्खेत – जीवनबहादुर शाही 

सुदूर पश्चिम प्रदेशका ९ जिल्ला६८. बाजुरा – दिलेन्द्रप्रसाद बडू६९. बझाङ – मनमोहन भट्टराई७०. डोटी – शिवप्रसाद हुमागााई७१. अछाम – गगनकुमार थापा७२. दार्चुला – अतहर कमाल मुसलमान७३. बैतडी – किरणराज शर्मा पौडेल७४. डडेल्धुरा – बीरबहादुर बलायर७५. कञ्चनपुर – गुरुराज घिमिरे७६. कैलाली – एन.पी. साउद 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *