‘नेबिको विस्कुटमा ५५ वर्ष अघिको क्वालिटी र गुणस्तर अझै कायम छ’

कुनै एक समय थियो, थिनारोट र ग्लुकोज विस्कुट नखाने ब्यक्ति पाईंदैनथे । नेपालमा अन्तराष्ट्रिय कम्पनीका विस्कुटहरु नभित्रिएको समयमा नेबिकोका थिनारोट, ग्लुकोज, कोकोनट विस्कुटले आधिपत्य जमाएका थिए । पूर्वमेची देखि पश्चिम महाकालीसम्म नेबिकोका विस्कुटहरुले आधिपत्य जमाउँदै गर्दा नेपालले खुल्ला अर्थतन्त्र नीति लियो । फलस्वरुप अन्तराष्ट्रिय ब्राण्डहरु नेपाली बजारमा आए । आक्रमक बजार रणनिती बनाएर आएका अन्तराष्ट्रिय विस्कुटहरुले बजारमा प्रभुत्व जमाउँदै गर्दा नेविको विस्कुट कम्पनीले भने अझैसम्म पुरानो गुडविल जोगाउन सफल भएको छ । 

अहिले नेपालमा एक दर्जन बढि स्वदेशी विस्कुट कम्पनी छन् । ति मध्ये नेबिकोको आफ्नै नाम र विशेषता रहेको छ । 

नेविको प्रा.लि.का ब्राण्ड प्रमुख अरुण पौड्याल यस अघि सुजल फुड्स लगाउत नेपाली स्थापित कम्पनीमा कार्यानुभव भएका ब्यक्ति हुन । एक दशक बढि विभिन्न कम्पनीको ब्राण्डिङको अनुभव संगालेका उनै पौडेल सँग नेपाली विस्कुट उद्योगको अवस्था, नेबिको कम्पनीको अवस्था र ब्राण्डिङका विषयमा गरिएको कुराकानीको संक्षेपः 

null

 

नेपालको पहिलो बिस्कुट उत्पादन भनेकै नेविको हो । यो कम्पनी सन् १९६४ मा सुरु भएको हो । अहिले हामीले ५५ वर्ष पार गर्यौं । पहिले नेपाल विस्कुट एण्ड कन्फेक्सनरी कम्पनी भन्ने थियो । त्यसैलाई सर्टकर्ट बनाएर नेविको भन्न थालिएको हो । त्यो समयमा दिनको उत्पादन ४–५ टन हुन्थ्यो । त्यतिबेला ७–८ वटा प्रोडक्ट मात्रै थियो । 

स्वदेशमा नै केही उत्पादन गरेर नेपाली माझ स्थापित हुन सकिन्छ भन्ने नेबिकोले प्रमाणित गरेको छ । सुरुका दिनमा काठमाडौंमै सिमित रह्यो । त्यतिबेलाको प्रोडक्ट ग्राहकहरुले निकै रुचाइदिनु भएको थियो । काम सुरु गरेको केही वर्षमै नेबिको देशव्यापी रुपमा गयो । 

आज पनि उपभोक्ताहरुले नेबिको प्रोडक्टलाई माया गर्नुहुन्छ । पहिलेको जस्तो क्वालिटी भएन भन्ने उपभोक्ताको गुनासो छ । त्यसमा हामी सहमत छौं । हामी आफैंले क्वालिटी कम गरेको भन्दापनि विस्कुटमा प्रयोग हुने सामाग्री र खाद्य पदार्थ जुन क्वालिटी आउने गर्दछ त्यही अनुसार विस्कुट उत्पादन हुने हो । विस्कुटमा प्रयोग हुने सामग्रीहरु बजारमा शुद्ध पाइँदैन । आजभन्दा ५५ वर्ष अघि जुन क्वालिटीको खाद्य पदार्थहरु पाइन्थ्यो, त्यो क्वालिटीका सामान नपाउँदा हाम्रा प्रोडक्टको क्वालिटीमा केहि फरक भएको हो । 

हाम्रो उद्देश्य नाफा कमाउने मात्र हैन, गुणस्तरीय प्रोडक्ट कसरी दिन सकिन्छ भन्ने पनि हो । नेविकोको आजको दिनमा पनि समाजमा पहिलेको जस्तै छाप र विश्वास कायम गर्न सकियोस भनेर लागिरहेका छौं । ठूलो च्यालेन्ज छ हामीलाई । त्यो च्यालेन्ज मेन्टेन गर्नकै लागि हामी नाफामुखी नभइ सेवामुखी भएर उत्पादन तथा वितरण गरिरहेका छौं । 

विदेशबाट भित्रिने विस्कुटहरु र स्वदेशी उच्पादन विच प्राइसवार छँदैछ । त्यो भन्दापनि चिन्ताको विषय स्वदेशी उत्पादकहरु विचमै पनि प्राइसवार देखिएको छ । जवसम्म स्वदेशी उत्पादकहरु एकै ठाउँमा उभिएर विदेशी ब्राण्डहरुसँग प्रतिष्पर्धा गर्न सक्दैनन तब सम्म नेपाली विस्कुट उत्पादकहरुलाई चुनौति छ । 

त्यस्तै हाम्रा नेपाली ग्राहकहरुमा पनि बाहिरबाट भित्रिएका प्रोडक्टहरु क्वालिटीका हुन्छन् र स्वेदेशी उत्पादन गुणस्तरीय हुँदैनन् भन्ने भ्रम छ । यो भ्रमलाई चिर्न नसक्नु हाम्रो अर्को चुनौति हो । हामीले विस्कुटमा प्रयोग गर्ने खाद्य पदार्थहरु नेपालकै उत्पादनले नपुग्ने अवस्था छ । त्यस्तै गरी प्याकेजिङ मेटरियरलहरु पनि केहि बाहिरबाट ल्याउनु पर्ने अवस्था छ । र, यस्तो परिस्थितिमा स्वदेशमै उत्पादित वस्तुको पनि लागत बढ्न जान्छ । हाम्रो विस्कुटको क्वालिटी घटाएर अथवा विस्कुटको मुल्य घटाएर वा बढाएर विदेशी ब्राण्डसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन । जसले गर्दा नेपाली विस्कुट कम्पनीहरु राम्ररी स्थापित हुन नसकेका हुन् । 

हामीले सरकारलाई कर बुझाएका छौं । सरकारका हरेक मापदण्ड पुरा गरेका छौं । र, सरकारी मापदण्ड पुरा गर्ने कम्पनीले, मापदण्ड पुरा नगर्ने केहि कम्पनीसँग कसरी प्रतिस्पर्धा गर्ने ? बजारमा मूल्य युद्ध चलिरहेको छ । प्रतिस्पर्धा गर्नै गाह्रो हुन्छ । कति विस्कुट कम्पनी त बन्दै भइसके । 

विदेशी कम्पनीको तुलनामा हामीसँग मार्केटिङ/ब्राण्डिङ गर्नको लागि पर्याप्त मात्रामा लगानी छैन । जसको कारणले गर्दापनि हाम्रो नेपाली बजारमा मार्केटिङ/ब्राण्डिङको उपस्थिति कमजोर नै देखिन्छ । 

नेपाली बजारमा प्रभावकारी ब्राण्डिङ गर्नको लागि सबै नेपाली उत्पादकहरु एउटै एजेण्डामा उभिन जरुरी छ । त्यो भनेको स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौं, आत्मनिर्भरता तर्फ उन्मुख होउँ भन्ने अभियान चलाउन जरुरी छ । सबै मिलि स्वदेशी विस्कुट पनि अन्तराष्ट्रिय स्तरको छन् है भन्ने सन्देश दिन आवश्यक छ । 

पक्कै पनि हो । स्वदेशमा पर्याप्त मात्रामा उत्पादन हुने भए हाम्रो लागत पनि कम पर्न जान्थ्यो । अर्को कुरा विदेशी प्रोडक्टले प्रयोग गर्ने टेक्नोलोजी, मेशिन र हामीले प्रयोग गर्ने टेक्नोलोजी तथा मेशिनमा पनि धेरै फरक छ । नयाँ टेक्नोलोजीसँग पुरानो टेक्नोलोजीले प्रतिस्पर्धा गर्नै सक्दैन । 

 

कुरा त्यहि नै हो । टेक्नोलोजी समय सापेक्ष नहुँदा उत्पादकत्वमा पनि हस आउँछ । जसको कारणले अन्नतोगत्वा प्रोडक्टको लागत बढ्न जान्छ । प्रोडक्टको लागत बढेपछि त्यसको असर बजारमा स्वभाविक रुपमा पर्न जान्छ । 

हाम्रो क्वालिटीमा हामी विश्वास राख्छौं । हामी ग्राहकलाई क्वालिटी दिन सक्छौं । अर्को राज्यले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सकेन त्यो पनि एउटा कारण हुन सक्छ । 

अहिले हामी नेपाली मार्केटमा १२ प्रतिशतको हाराहारीमा छौं । नेपालमा मासिक १०० करोड जतिको विस्कुट खपत हुन्छ । जहाँ हाम्रो मात्रै मासिक ९ देखि १० करोडको बजार छ । हाम्रो अबको टार्गेट भनेको छिट्टै नै १५ प्रतिशत मार्केट ओगट्ने रहेको छ । 

उपभोक्ताले रुचाउनुको कारण भनेको नै विस्कुटको क्वालिटी र हामी प्रतिको विश्वास हो । हामीले ५५ वर्ष अघि कायम गरेको क्वालिटी र उपभोक्ताको विस्वास अझै कायम राखेका छौं । हाम्रा हरेक प्रोडक्टहरु अन्तराष्ट्रिय गुुणस्तरका छन् । स्वस्थवद्र्धक छन् । जुनसुकै वर्ग, उमेर समुहले खान योग्य छन् । 

 

अहिलेपनि प्रत्यक्ष रुपमा नेबिकोलाई अन्तराष्ट्रिय बजारमा पठाएका त छैनौं । तर, विभिन्न च्यानल मार्फत अन्तराष्ट्रिय बजारमा निर्यात भइरहेको अवस्था भने छ । भारत, भुटान, बंगलादेश लगायतमा हामीले नेबिकोलाई पठाउने योजना बनाइरहेका छौं । त्यसको लागि नयाँ प्रविधिहरु राखेर उत्पादन बढाउनुपर्ने अवस्था छ । 

हाल एभरेजमा दैनिक २० देखि २५ टन विस्कुट उत्पादन हुन्छ । काठमाडौं सँगै भैरहवामा पनि यसै वर्षदेखि सुरु गरेका छौं । यसले पनि अन्तराष्टिय बजारमा जान सहयोग पुर्याउँछ । 

हामीले उत्पादन गर्ने सम्पूर्ण विस्कुटहरु गुणस्तरीय, स्वस्थवद्र्धक र अन्तराष्टिय स्तरका छन् । त्यसैले सम्पूर्ण उपभोक्तालाई मेरो अनुरोध छ कि, ढुक्क भएर नेबिको विस्कुट उपभोग गरौं । स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौं । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *