नेप्सेमा १ करोड २ लाख कित्ता शेयर थप

 

काठमाडौं, चैत २२ । यो हप्तामा नेप्सेमा ६ वटा कम्पनीको १ करोड २ लाख ३५ हजार ९११ दशमलव २४ कित्ता शेयर थप गरिएको छ । जस अनुसार बोनस शेयर ५५ लाख ५३ हजार ४७४ दशमलव ८० कित्ता र हकप्रद शेयर ४६ लाख ८२ हजार ४३६ दशमलव ४४ कित्ता नेप्सेमा सूचिकृत भएको हो । 

बोनस शेयरमा सिद्धार्थ बैंकको ४२ लाख ३२ हजार १९२ दशमलव ६४ कित्ता, साग्रिंला डेभलपमेन्ट बैंकको १० लाख २ हजार ५५४ कित्ता, सिन्धु विकास बैंकको २ लाख ८० हजार ८०८ दशमलव १६ कित्ता र समता माइक्रोफाइनान्स वित्तीय संस्थाको ३७ लाख ९२० कित्ता गरी कुल ५५ लाख ५३ हजार ४७४ दशमलव ८० कित्ता शेयर थप सूचिकृत गरिएको हो । 

null

साथै हकप्रद शेयरमा लुम्बिनी विकास बैंकको ३ लाख ६२ हजार ४३६ दशमलव ४४ कित्ता र आईएमई जनरल इन्स्योरेन्सको ४३ लाख २० हजार कित्ता गरी कुल ४६ लाख ८२ हजार ४३६ दशमलव ४४ कित्ता हकप्रद शेयर नेप्सेमा सूचिकृत गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *