मोजमस्तीमा रमाए जनताले सजाय दिन्छन् : नेकपाका नेता नेपाल

 

चैत २१ गते । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले सत्ताको दुरुपयोग गरे जनताले सजाय दिने बताएका छन् । चितवनका कम्युनिष्ट नेता जागृत प्रसाद भेटवालको प्रथम पुण्य तिथीको अवसरमा बिहीवार राप्ती नगरपालिका ५ भण्डारामा आयोजित स्मृती सभालाई सम्वोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले कम्युनिष्ट पार्टीले मोजमस्ती र सत्ताको दुरुपयोग गरे पार्टी आफै सकिने बताएका हुन् । 

जनताले विश्वास गरेर कम्युनिष्ट पार्टीलाई जिताउँदै दुई तिहाईको सरकार वन्ने वातारण बनाएको उल्लेख गर्दै उनले उनीहरुको इच्छा र चाहना अनुसार काम गर्नु पर्ने बताए । जनताले ठुलो आशा र विश्वास गरेर नेकपालाई ठुलो पार्टी बनाए नेता नेपालले भने –उनीहरु (जनता ) का चाहना र इच्छा वमोजिम काम गर्नु पर्छ,अनि लोकप्रियताले निरन्तरता पाउँनेछ । 

null

नेकपा शसक्त रुपमा स्थापित हुँदा बेग्लै किसीमको तरंग पैदा भएको नेता नेपालको भनाई थियो । स्मृती सभामा नेकपाका सचिवालय सदस्य बामदेव गौतमले पार्टीले आफुलाई भुमिका बिहीन बनाउँदा निकै पीडा महसुस गरेको धारणा राखे । पूर्व उपप्रधानमन्त्री समेत रहेका नेकपाका नेता गौतमले जागृत प्रसाद भेटवाल जस्ता जनप्रिय नेताको खाँचो रहेको समेत बताए । 

नेपाल क्युनिष्ट पार्टीका नेता यमवहादुर परियारको अध्यक्षतामा भएको स्मृती सभामा नेकपाका स्थायी कमिटी सदस्य एवंम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सुरक्षित चितवन बनाउन भेटवालले खेलेको भुमिकाको स्मरण गर्दै उनका अधुराका कामलाई पुरा गर्नु पर्नेमा जोड दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *