भन्सारमा प्रभु बैंकको काउण्टर सञ्चालन सम्बन्धी सम्झौता

 

चैत्र २१, काठमाडाैँ । प्रभु बैंकले नेपाल भारत सीमामा रहेका कार्यालयहरुमा काउण्टर खोली बैंकिड  कारोवार शुरु गरि रहेकोमा हाल ५ वटा अतिरिक्त भन्सार कार्यालयहरुमा बैंकले काउण्टर खोली बैंकिड. सेवाहरु गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएकाे छ । 

हिजाे एक कार्यक्रमका बीच भन्सार विभागका महानिर्देशक रामेश्वर दंगाल र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत  अशोक शेरचनबीच हस्ताक्षर सम्पन्न भएकाे हाे ।रौतहटको गौर, सप्तरीको राजविराज, सिरहाको माडर, सर्लाहीको मलंगवा र धनुषाको जनकपुर/जटही भन्सार कार्यालयहरुमा बैंकले २०७६ बैशाख देखि बैंकको काउण्टरहरु संचालनमा ल्याई सेवा प्रारम्भ गर्नेछ । 

null

नेपालको सवैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट भारतसँगको सिमानामा संचालनमा आएका उक्त भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुनगई राजस्व संकलनको आकडामा बृद्धि हुनजाने  यस बैंकले बिश्वास लिईएको छ । 

बैंकको सेवा प्रारम्भ भएसँगै उक्त क्षेत्रका उद्योगी, व्यापारी एवं आयात निर्यातकर्ताहरुले सरल रुपमा बैकिड सेवाहरु प्राप्त गर्ने छन् । साथै नेपाल सरकारको राजश्व संकलन प्रक्रियामा पनि यसबाट टेवापुग्ने विश्वास बैंकले लिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *