युरोपा लिग: फेलिक्सले बनाए नयाँ कीर्तिमान

एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत बिहीबार राति क्वाटरफाइनलको पहिलो लेगमा बेन्फिकाका १९ वर्षोय जोएओ फेलिक्सले युरोपा लिगमा कम उमेरमा ह्याट्रिक गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । फ्र्याँकफर्ट ४-२ ले पराजित भएको खेलमा फेलिक्सले ह्याट्रिक गरेका हुन् । 

 

उनले पहिलो गोल २१ औँ मिनेटमा पेनाल्टीबाट गरेका थिए । त्यसपछि उनले क्रमशः खेलको ४३ र ५४ औँ मिनेटमा गोल गर्दै कम उमेरमा ह्याट्रिक गर्ने खेलाडीको कीर्तिमान बनाए । ह्याट्रिक गर्दा उनको उमेर १९ वर्ष १५२ दिन रह्यो । 

null

यसअघि यो कीर्तिमान डाइनामो जाग्रेबका मार्को जाकाको नाममा थियो । उनले सन् २०१४ मा युरोपा लिग अन्तर्गत सेल्टिकसँगको खेलमा १९ वर्ष २१९ दिनको हुँदा ह्याट्रिक गरेका थिए । त्यस्तै, बेन्फिकाका लागि रुवेन डिएसले ५० औँ मिनेटमा एक गोल गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *