सुन भन्दै ठगी गर्ने चार पक्राउ

२०७६ वैशाख ४ गते

बैशाख ३, काठमाडौँ । सुन भनेर फलाम बेच्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई प्रहरीले काठमाडौँका राजेश विकले दिएको उजुरीलाई आधारमानी पक्राउ गरेका हुन् ।
सुन सस्तोमा दिने भन्दै उनीहरुले विकलाई आधा किलो सुन १९ लाखमा बेचेका थिए । सुनको गहना राख्ने रातो प्याकेट घर गई खोल्दा फलाम भेटिएपछी आफू ठगिएको उनले थाहा पाएका थिए ।
null
ठगी कार्यमा संलग्न नुवाकोटको दुप्चेश्वरका ३३ वर्षीय पूर्णबहादुर तामाङ, काभ्रेको चौरी देउराली गाउँपालिकाका २६ वर्षीय चन्द्रबहादुर श्रेष्ठ, २१ वर्षीय प्रविन श्रेष्ठ र १९ वर्षका सुवास श्रेष्ठ माथी थप अनुसन्धान गरी रहेको प्रहरीले जानाएकाे छ ।

२०७६ वैशाख ४ गते
प्रतिक्रिया
सम्बन्धित