कामना सेवाको वैदेशिक मुद्रा सटही सेवा शुभारम्भ

 

चैत्र २१, काठमाडाैँ ।  कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा काठमाडौं महानगरपालिका वडा नं. ३० स्थित आफ्नै भवनमा रहेको मुख्य शाखा कार्यालय ज्ञानेश्वरवाट आजबाट वैदेशिक मुद्रा सटही सुविधाको शुभारम्भ गरेको छ । 

बैंकका संचालक समितिका अध्यक्ष सुदीप आचार्य र सदस्य विशेश्वर सुवेदी संयुक्त रुपमा उक्त कार्यक्रमको शुभारम्भ गरेका थिए । हाल बैंकको मुख्यशाखा ज्ञानेश्वर, भैरहवा, सृजनाचोक पोखरा, दमौली, नारायणगढ लायन्स चोक र बुटवल शाखाबाट यो सुविधा लिन सकिने छ । साथै, निकट भविष्यमा बैंकका सबै शाखाहरुबाट समेत उक्त सुविधा प्रदान गर्ने लक्ष्य रहेको बैंकका अध्यक्ष आचार्यले बताए । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *