सर्वोच्चको न्यायाधीशमा सिफारिस पाँचै जनाको नाम अनुमोदन

२०७६ वैशाख ६ गते

बैशाख ५, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस पाँचै जनाको नाम सर्वसम्मत रुपमा अनुमोदित भएको छ ।
बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ५ जनाकै नाम अनुमोदन गरेको हो ।
null
बिहीबार उजुरीकर्ता र न्यायाधीशहरु सँग समितिले छलफल गरेको थियो । उनीहरुविरुद्ध ५ वटा उजुरी परेको थियो ।
सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि अब उनीहरुको नियुक्ति राष्ट्रपतिबाट हुनेछ ।
न्यायपरिषद्ले केही दिनअघि हरि फुयाँल, कुमार रेग्मी, मनोजराज शर्मा, उच्च अदालतका मुख्य न्यायाधीशद्वय प्रकाश ढुंगाना र सुक्ष्मलता माथेमालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।

२०७६ वैशाख ६ गते
प्रतिक्रिया
सम्बन्धित