(केपिएल) को दोस्रो संस्करणमा सहभागी टिमको नाम सार्वजनिक

 

चैत्र २७, सुर्खेत । आउँदो बैशाखमा सुर्खेतको वीरेन्द्रनगमा सम्पन्न हुन लागेको कर्णाली प्रिमियर लिग (केपिएल) को दोस्रो संस्करणमा सहभागी हुने टिमको नाम सार्वजनिक भएको छ । आयोजक कर्णाली क्रिकेट एकेडेमीले आठ टिमको नाम सार्वजनिक गरेको हाे । 

एकेडेमीका अध्यक्ष जीवन शाहीका अनुसार यस खेलमा तीन विभागीय सहित मुलुकका विभिन्न सहरका अन्य पाँच प्रतिष्ठित क्लवहरूले सहभागीता जनाउने छन् । यस खेलमा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस र सशस्त्र प्रहरीको एपीएफ क्लवको सहभागिता रहनेछ । 

null

साथै कर्णाली किक्रेट एकेडेमी, महेन्द्रनगर क्रिकेट एकेडेमी कञ्चनपुर, लालिगुराँस क्रिकेट एकेडमी झापा, मध्यपश्चिम क्रिकेट बाँके र हिमालयन क्रिकेट एकेडमी काठमाडौंको सहभागिता रहने भएको छ । 

अध्यक्ष शाहीले बताए अनुसार हाल यस खेलका लागि स्थानीय कालुन्चोक क्रिकेट मैदानमा मर्मतको कार्य भईरहेको छ । उनका अनुसार अहिले सम्म केन्द्र, प्रदेश र जिल्लास्तरका कुनै पनि खेलकुद निकायले सहयोग नगरेपछी आफूहरूले विभिन्न दाताहरूसँग सहयोग संकलन गदैै मैदान निर्माण कार्य लागी अघी बढी रहेको बताएका छन् । हाल मैदान सम्याउने, पिच र बाउन्ड्रीको लेभल मिलाउने लगायतको कार्यहरु भइरहेको उनी बताउँछन् । 

यस खेललाई जनता टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने गरिनेछ भने खेल बैशाख १२ गते देखी २१ गते सम्म चल्नेछ । पुरस्कार के-कती हाे भनेर  सार्वजिनक भने गरिएकाे छैन । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *