आईपीएल: बैंगलोरविरुद्ध महँगो बने सन्दीप


चैत २४, काठमाडौं । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा सन्दीप लामिछानेले ४ खेलमा ५ विकेट लिएका छन् ।
आइतबारको खेलमा दिल्ली क्यापिटल्स्ले रोयल च्यालेन्जर्ससँग प्रतिस्पर्धा गरिरहेको छ । बैंगलोरविरुद्ध बलिङ गरिरहेका सन्दीप लामिछाने अन्तिम ओभरमा महंगा खेलाडी बनेका छन् ।
null
दिल्ली क्यापिटल्सका सन्दीपले मोइन अलीलाई १५ औँ ओभरमा व्यक्तिगत ३२ रनमा आउट गरे। सन्दीपले ४ ओभरमा ४६ रन खर्चिएर एक विकेट हात पारे।
सन्दीपले अन्तिम ओभरमा १९ रन खर्चिए । सन्दीपको बलमा विराट कोहलीले दुई छक्का प्रहार गरे । सन्दीपले पहिलो ओभरमा १० रन खर्चिएका थिए । यस्तै दोस्रो ओभरमा ६ रन खर्चिएका सन्दीपले तेस्रो ओभरमा १ विकेटसहित ११ रन खर्चिएका थिए ।
दिल्लीले नेपाली स्पिनर सन्दीप लामिछानेलाई सुरुवाती दुई खेलमा अलग राखेपनि बाँकी तीन खेलमा सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
कोलकताविरुद्ध सन्दीपले एक विकेट, पन्जाबविरुद्ध दुई तथा सनराइजर्स हैदरावादविरुद्ध पनि एक विकेट लिएका थिए।
