सिडियो र मेयर साव मुसहर वस्ती पुग्दा …

 

चैत १९, चितवन । चितवनको खैरहनी नगरपालिका १० कठारमा रहेका मुसहर वस्ती र उनीहरुको अवस्थाको सरकारी निकायबाट स्थलगत निरीक्षण तथा अनुगमन गरिएको छ ।एकिकृत वस्ती निर्माण र नागरिकता प्रदान गर्ने विषयमा अध्ययन गर्न खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरी, प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक सुशिल सिंह राठौर, खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा, वडाध्यक्ष कारीराम चौधरीसहितको टोली मुसहर वस्ती पुगेको थियो । 

खैरहनी नगरपालिकाका मेयर चौधरीको पहलमा सरकारी टोली मुसहर वस्ती आएको हो । निरीक्षणमा पुगेका प्रमुख जिल्ला अधिकारी वस्नेत सामु मुसहर समुदायले लामो समयदेखी आफुहरु नेपाली हुन बाट वञ्चित रहेको भन्दै नागरिकता प्रदान गर्न माग गरेका थिए । 

null

करिव २५ घरधुरी रहेको सो वस्तीमा ५,६ जनाको मात्रै नागरिकता छ । विवाह गरि कठार आएका केही महिलाको मात्रै नागरिकता रहेको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । प्रजिअ वस्नेतले उनीहरु कहाँबाट वसाई सरी आएको र तिनिहरुको आफन्तका बारे जानकारी लिएका थिए । 

सोही क्रममा एकिकृत मुसहर वस्ती निर्माणका बारे पनि छलफल भएको थियो । नेपाल सरकारको तराई मधेश समृद्धी कार्यक्रम अन्र्तगत मुसहर वस्ती निर्माणका लागि ६० लाख रुपैया विनियोजन भएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *