मुम्बईसँग हार्यो दिल्ली, सन्दीपले खेल्नै पाएनन्

 

बैशाख ६, काठमाडौं । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले जित हात पारेको छ । 

बिहीबार भएको खेलमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टीम दिल्ली क्यापिटल्स्लाई ४० रनले हराउँदै जित हात पारेको हो । 

null

दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा मुम्बईले दिएको १६९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्रै बनायो । 

दिल्लीका लागि शिखर धवनले सर्वाधिक ३५ रन जोड्दा अक्षर पटेलले २६ रन बनाए । यस्तै पृथ्वी शले २० तथा क्रिस मोरिसले ११ रन बनाए । 

मुम्बईका राहुल चाहरले ३ तथा जस्प्रित बुम्राहले २ विकेट लिए । 

मुम्बईविरुद्धको बिहीबारको खेलमा दिल्लीले नेपाली क्रिकेटर सन्दीपलाई खेलाएको थिएन । 

९ खेलबाट १२ अंक जोडेको मुम्बई जितसँगै लिगको दोस्रो स्थानमा उक्लिएको छ । पराजित दिल्ली ९ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा छ । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन बनाएको थियो । 

मुम्बईका लागि कुर्नाल पाण्डयाले अविजित ३७ रन जोडे । यस्तै क्विनटन डी ककले ३५ रन जोड्दा हार्दिक पाण्डयले ३२, कप्तान रोहित शर्माले ३० र सुर्य कुमार यादवले २६ रन बनाए । 

दिल्लीका कागिसो राबडाले २ विकेट लिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *