घरेलु हिंसाको शिकार बनिन् टेली अभिनेत्री प्रिया बठिजा

बैशाख १६ । टेलिभिजन नायिका प्रिया बठिजाले सन् २०१७ मा डिजे कवलजीत सलूजासँग विवाह गरेकी थिइन् । तर दुई वर्ष पछि नै प्रियाले कवलजीतसँग सम्बन्धविच्छेद लिने निर्णय गरिन् । अचम्मको कुरा के छ भने यो प्रियाको दोस्रो विवाह हो । 

 

प्रियाले स्पटब्वइलाई दिएको अन्तरवार्तामा भनिन्, ‘यो निकै दुर्भाग्यको कुरा हो कि म आज सम्बन्धविच्छेदबारे कुरा गरिरहेको छु । एक महिला जो दोस्रोपटक यो अवस्थाबाट गुज्रिरहेकी छिन् । म एक फेयरीटेल विवाहमा विश्वास गर्दथेँ, त्यसैले त दोस्रो विवाह गर्ने सोच बनाए । तर अब विश्वास छैन ।’ 

null

प्रियाले भनिन्, ‘म आफ्नो करियरलाई बीचमा नै रोकेर विवाहका कारण रायपुरमा गएर बसेँ । तर जब म आफ्नी श्रीमान् र उनका अभिभावकसँग रायपुर गएर बस्न थालेँ तब मेरा श्रीमान् मुम्बई बस्न चाहेको थाहा पाएँ ।’ 

उनले थपिन्, ‘हामी मुम्बई सर्यौं । मैले आफ्ना श्रीमानको करियर बनाउन हरेक तरिकाले कोसिस गरेँ । तर उनले यो सम्बन्धलाई कहिले पनि गम्भीरताले लिएनन् । म उनका लागि मुम्बई आउने एउटा टिकट मात्र थिएँ ।’ 

 

आफू घरेलु हिंसाको शिकार समेत भएको बताएर उनले सबैलाई चकित पारिदिइन् । जब स्थिती नियन्त्रण बाहिर रह्यो तब उनले ओशिवारा पुलिस स्टेशनमा उजुरीसमेत दिएको बताइन् । 

उनले भनिन्, ‘मैले यो सम्बन्धमा रहँदा मानसिक र तनावमात्र सहनु पर्यो । जसको प्रमाण मेरो मेडिकल बिल र पुलिसमा दिएको उजुरी हो ।’ 

प्रियाको आरोप सुनेपछि जब यसबारे उनका श्रीमान डिजे कवलजीत सलूजासँग कुरा गर्न खोजियो तब उनले ‘नो कमेन्ट’ भन्दै कुरा गर्न चाहेनन् । 

 

स्मरण रहोस्, बठिजाले २२ मे २०१७ मा रायपुरमा विवाह गरेका थिए । यो विवाहमा प्रिया र कवलजीतका आफन्त र केही साथीमात्र समावेश भएका थिए । 

यसअघि प्रियाले टिभी नायक जतिन शाहसँग सन् २००९ मा विवाह गरेकी थिइन् । तर दुई वर्षपछि नै दुबैको सम्बन्ध टुट्यो । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *