चट्याङसहितको वर्षाका कारण नेपाल र थाइल्याण्डबीचको खेल रद्द


बैशाख १२, काठमाडौं । बिहीबार जारी एसीसी यू–१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आयोजक थाइल्याण्डसँगको खेल रद्द भएको छ ।
थाइल्याण्डको चियाङमाईमा चट्याङसहितको वर्षा भएपछि अन्तिम समयमा खेल रद्द भएको हो । खेल रद्द भएपछि नेपाल र थाइल्याण्डले १–१ अंक बाँडेका छन् । थाइल्याण्डसँग अंक बाँडेसँगै ३ खेलमा ५ अंक जोडेको नेपाल समूह बिजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
null
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले थाइल्याण्डलाई पुरै ३५ ओभर खेल्दै ७ विकेट गुमाएर २३४ रनको चुनौती दिएको थियो । तर थाइल्याण्डले नेपालले दिएको लक्ष्य पछ्याउँदै जितको खोजीमा जवाफी ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेल नै रद्द भयो, वर्षाका कारण ।
नेपालका लागि आशिस भट्टराईले सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङ्स खेले भने विशाल विक्रम केसीले ३८ रनको योगदान दिए । दिपक बोहराले ३५ रन जोड्दा विशाल कुमार पटेलले २८ रन जोडे भने निखिल कुमार सिंह २२ रनमा अविजित रहे ।
थाइल्याण्डका नारावेट नुन्ताराजले ३ तथा योड्साक सारानोन नाकुनले २ विकेट लिए ।
