नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ प्रक्षेपणपछि प्रधानमन्त्रीको यस्तो ट्वीट

 

बैशाख ५, काठमाडौं । नेपाली दुई युवा वैज्ञानिक हरिराम श्रेष्ठ र आभाष मास्केले बनाएको ‘नेपाली स्याट–१’ नामक भू–उपग्रह प्रक्षेपण गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले खुशी व्यक्त गरेका छन् । 

प्रधानमन्त्री ओलीले नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ प्रक्षेपण भएको खुशी व्यक्त गर्दै अब नेपाल पनि स्याटलाइट प्रक्षेपण गर्ने मुलुकहरुको सूचिमा जोडिएको बताए । 

null

प्रधानमन्त्रीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘आज बिहान २ः३१ बजे नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१‘ प्रक्षेपण भएको छ। यो सँगै नेपाल पनि सेटलाईट प्रक्षेपण गर्ने मुलुकहरूको सुचिमा जोडिएको छ। यसको निर्माणदेखि प्रक्षेपणसम्म, मुलुकको श्रीबृद्धिमा संलग्न सबै वैज्ञानिक तथा नास्ट सहितका सबै निकायहरूलाई बधाई ज्ञापन गर्दछु।’ 

‘नेपाली स्याट–१’ नाम दिइएको उक्त स्याटालाइट नयाँ वर्षको अवसर पारेर बैशाख ५ गते बिहीबार अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको हो। 

सो स्याटलाइट १० सेन्टिमिटर लामो, १० सेन्टिमिटर चौडा र १० सेन्टिमिटर अग्लो तथा १ किलो ३३० ग्रामको छ। 

‘नेपालीस्याट–१’ सँगै श्रीलंकाको रावन–१ र जापानको युगुसु भूउपग्रह पनि प्रक्षेपण गरिएको नासाले जनाएको छ। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *