विप्लव समूहका गाउँपालिका इन्चार्जद्वारा आत्मसमर्पण

काठमाडौं, २१ चैत्र । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गाउँपालिकाका इञ्‍चार्जले जिल्ला प्रशासन कार्यालय रामेछापमा आत्मसमर्पण गरेका छन् । सुनापति गाउँपालिका इञ्‍चार्ज लोकबहादुर रानामगरले बुधबार प्रशासन कार्यालयमै पुगेर आत्मसमर्पण गरेका हुन् । 

 

रामेछापको खाँडादेवी गाउँपालिका-१ राकाथुमका स्थायी बासिन्दा रानामगरले विप्लव समूहको हिंसात्मक गतिविधि आफूलाई सन्तोषजनक नभएकाले उक्त पार्टीमा नलागेको बताएका छन् । मगरलाई जिल्लास्थित पत्रकार र मानवअधिकारकर्मीको रोहबरमा बुधबार नै छाडिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मगरले आफू पार्टीको गतिविधिबाट बाहिर रहेर स्वतन्त्र नागरिक भई सामाजिक सेवामा लाग्ने प्रतिबद्धता जनाएका छन् । रानामगर २०७४ सालदेखि गाउँपालिका इन्चार्ज बनेका थिए । 

null

सरकारले नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहको गतिविधिमा प्रतिबन्ध लगाएसँगै प्रहरीले नेकपाका नेता–कार्यकर्तालाई धमाधम प्रकाउ गर्दै आएको छ । प्रहरीले पक्राउ गरेका नेता तथा कार्यकर्ताका नाममा रहेको बैंक खाता र घरजग्गा पहिचान गरी स्रोत नखुलेको सबै सम्पत्ति रोक्का गर्न प्रक्रियासमेत अघि बढाइसकेको छ । सरकारले विभिन्न आपराधिक / हिंसात्मक गतिविधीमा संलग्न भएको आरोपमा पक्राउ गर्न थालेपछि केही नेता तथा कार्यकर्ता अन्य पार्टीमा प्रवेश गर्ने, राजीनामा दिने क्रम बढ्न थालेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *