प्रिमियर लिग: म्यानचेस्टर सिटीको प्रभावशाली जित, युनाइटेड पराजित

एजेन्सी । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा प्रभावशाली जित निकालेको छ । बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको हो । सिटीले युनाइटेडलाई २-० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । 

 

सिटीको जितमा बर्नार्डो सिल्भा र लिरोय सानेले दोस्रो हाफमा गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरी भए पनि ५४ औं मिनेटमा सिटीले सिल्भाको गोलबाट अग्रता लिएको थियो । त्यस्तै, ६६ औं मिनेटमा सानेले अर्को गोल गर्दै अग्रता दोब्बर पारेका थिए । 

null

जितसँगै सिटी शीर्ष स्थानमा पुगेको छ । सिटीको ३५ खेलबाट ८९ अंक छ । समान खेल खेलेको लिभरपुलको ८८ अंक छ । अंक तालिकामा सिटी र लिभरपुलबीच कडा प्रतिस्पर्धा छ । यसअघि लिभरपुलले सिटीलाई उछिनेको थियो । म्यानचेस्टर युनाइटेड भने ३५ खेलबाट ६४ अंकसहित तालिकाको छैटौं स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − two =