साथीको हत्या गर्ने ७ महिनापछी पक्राउ

 

बैशाख ३, सिन्धुली । चिर्पट प्रहार गरी हत्या साथीको हत्या गर्ने २ व्यक्तीलाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–९ का ताहाबहादुर भण्डारी सोही स्थानको विनोद गिरी पक्राउ परेका हुन् । उनीहरुले ०७५ असोज २० सोही स्थानको नवराज थापालाइ चिर्पट प्रहार गरी हत्या गरेका थिए । हत्या भएको ९ दिनपछि थापाको शव प्रहरीले फेला पारेका थिए । 

पक्राउ परेका भण्डारी र गिरी घर बनाउने काम गर्थे भने मृतक नवराज थापा अलैंचीको व्यापारी थिए । असोज २० गते अलैंचीको व्यापार गरी थापा र उनीहरु सँगै घर फर्कि रहेका थिए ।  ती तीनै जनाले मादक पदार्थ समेत सेवन गरेका थिए । घर फर्कि रहेको क्रममा तीन जना बिच विवाद उत्पन्न हुँदा पक्राउ परेका भण्डरी र गिरीले थापाको टाउकोमा चिर्पट प्रहार गरी हत्या गरी उनकाे  शवलाई दुवै जना मिली नजिकै रहेको ऐसेलुघारीमा फालेका थिए । 

null

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको सहयोगमा भण्डारी र गिरी पक्राउ परेका हुन । थापाको हत्या गरेपछी उनीहरुले थापाकै मोवाइल लिएर भागेका थिए सोही मोवाईलको आधारमा भण्डारी र गिरी पक्राउ पर्न सफल भएको हो । हत्यारा ‘दुवै जनाले आफुहरुले नै हत्या गरेको स्वीकारी सकेको जिल्ला प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले जानकारी दिएका छन् । 

  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *